२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ?

भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग

भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामाले भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढी तथा विपद्को वास्तविक कारणबारे गम्भीर वैज्ञानिक अनुसन्धान गर्न सरकारसँग माग गर्नुभएको छ ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय विशेष समितिको बैठकमा सांसद लामाले विपद्का क्रममा देखिएको अस्वाभाविक रासायनिक गन्ध तथा पाउडरजस्तो पदार्थबारे सरकारको ध्यानाकर्षण गराउँदै त्यसको वैज्ञानिक परीक्षण गर्न आग्रह गर्नुभएको हो ।

उहाँले बाढीका कारण भोटेकोशी र त्रिशूली क्षेत्रका स्थानीयको थातथलो नै मेटिने गरी क्षति भएको उल्लेख गर्दै प्रभावित समुदायलाई तत्काल सुरक्षित स्थानमा पुनस्र्थापना गर्नुपर्ने बताउनुभयो । बाढीपछि देखिएको असामान्य गन्ध र माटो तथा बालुवाभन्दा फरक प्रकृतिको पाउडरजस्तो पदार्थको उपस्थितिबारे सरकारी तहबाटै वैज्ञानिक छानबिन हुनुपर्ने उहाँको भनाइ थियो ।

सांसद लामाले धादिङ, गोरखा र नुवाकोटका त्रिशूलीपारिका बस्तीलाई जोड्ने फुर्के खोलामा तत्काल बेलिब्रिज निर्माण गर्न माग गर्नुभयो । साथै तिप्लिङ–साँकोस–सोमदाङ सडकलाई दिगो रूपमा स्तरोन्नति गरी वैकल्पिक मार्गका रूपमा तयारी अवस्थामा राख्न सरकारलाई आग्रह गर्नुभयो ।

बाढी तथा विपद्मा अभिभावक गुमाएका बालबालिका र सहारा गुमाएका वृद्धवृद्धाका लागि दीर्घकालीन संरक्षण तथा पुनस्र्थापनाको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।

बौद्ध धर्मावलम्बी मृतकका परिवारले परम्पराअनुसार काजकिरिया गर्न पाउने वातावरण बनाउन स्थानीय तह र लामा गुरुहरूसँग समन्वय गरी ४९ दिनभित्र सामूहिक रूपमा आवश्यक संस्कार सम्पन्न गर्ने व्यवस्था मिलाउन पनि सांसद लामाले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, “विपद्बाट प्रभावित समुदायको पहिचान गरी थातथलो संरक्षण हुने गरी सुरक्षित स्थानमा पुनस्र्थापना गर्न आवश्यक छ । साथै बाढीपछि देखिएको असामान्य गन्ध तथा पाउडरजस्तो पदार्थबारे वैज्ञानिक अध्ययन र परीक्षण गर्नुपर्छ ।”

भविष्यमा यस्ता विपद् दोहोरिन नदिन सरकारको पूर्वतयारी, विपद्को वास्तविक कारण तथा हिमताल फुट्नुका कारणबारे समेत वैज्ञानिक अध्ययन आवश्यक रहेको उहाँले बताउनुभयो ।

सांसद लामाले सडक, पुल तथा ठूला पूर्वाधार निर्माण गर्दा स्थानीय दबाबभन्दा प्राविधिक अध्ययन, वैज्ञानिक मापदण्ड र जोखिम मूल्याङ्कनलाई अनिवार्य आधार बनाउनुपर्नेमा जोड दिनुभयो । पूर्वाधार निर्माणमा प्राविधिक आधारलाई बेवास्ता गर्दा विपद्को जोखिम बढ्ने भन्दै उहाँले ‘डोजर संस्कृति’ निरुत्साहित गरी वैज्ञानिक तथा प्राविधिक प्रतिवेदनका आधारमा मात्रै विकास निर्माणका काम अघि बढाउन सरकारलाई सुझाव दिनुभयो ।

राहत वितरणमा भइरहेको ढिलाइप्रति समेत प्रश्न उठाउँदै उहाँले वास्तविक लाभग्राहीको पहिचान प्रक्रिया छिटो सम्पन्न गरी राहत रकम तत्काल उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।