२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ?

पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी

पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी
अ अ+ अ-

पोखरा । पोखरा महानगरपालिकाले न्युरोडस्थित आफ्नो पुरानो मुख्य प्रशासनिक भवन भत्काउन सुरु गरेको छ। २०८२ भदौमा भएको आन्दोलनका क्रममा क्षति पुगेपछि लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको भवन महानगरले हटाउन थालेको हो।

भवन भत्काउने जिम्मेवारी सेसिका सप्लायर्सले पाएको छ। एक वर्षभन्दा बढी समयदेखि अलपत्र रहेको पुरानो संरचना हटाएसँगै महानगरपालिकाले नयाँ प्रशासनिक भवन निर्माणको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

आन्दोलनका क्रममा भवनमा क्षति पुगेपछि महानगरपालिकाले नयाँबजारमा मासिक रु. ७ लाख ५४ हजार भाडा तिरेर अस्थायी रूपमा प्रशासनिक सेवा सञ्चालन गर्दै आएको छ। भाडामा ठूलो रकम खर्च भइरहेको भन्दै महानगरले आफ्नै प्रशासनिक भवन निर्माणलाई प्राथमिकतामा राखेको हो।

महानगरपालिकाले यसअघि पोखरा–१७, बिरौटामा करिब रु. २ अर्बको लागतमा सुविधासम्पन्न प्रशासनिक केन्द्र निर्माण गर्ने योजना अघि सारेको थियो। तर संघीय तथा प्रदेश सरकारबाट अपेक्षित बजेट प्राप्त हुन नसक्नुका साथै महानगरको आन्तरिक स्रोत सीमित हुँदा उक्त योजना लामो समयदेखि अघि बढ्न सकेको थिएन।

योजनामा ढिलाइ भएपछि महानगरले लागत घटाउँदै नयाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी कार्यपालिका बैठकबाट स्वीकृत गरेको छ। नयाँ डीपीआरअनुसार अब करिब रु. ६५ करोडको अनुमानित लागतमा प्रशासनिक भवन निर्माण गर्ने तयारी गरिएको छ।

महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीका अनुसार स्वीकृत नयाँ डीपीआरअनुसार भवन निर्माणको प्रक्रिया छिट्टै अघि बढाइनेछ।

यद्यपि, नयाँ प्रशासनिक भवन निर्माण भएपछि पनि महानगरपालिकाका सबै सेवा तथा महाशाखा एउटै स्थानबाट सञ्चालन नहुने भएका छन्। योजनाअनुसार कृषि महाशाखा मालेपाटन र स्वास्थ्य महाशाखा साविक लेखनाथ नगरपालिकाको भवनबाटै सञ्चालन हुने व्यवस्था मिलाइनेछ।

महानगरका विभिन्न सेवा फरक–फरक स्थानबाट सञ्चालन हुँदा सेवाग्राहीलाई सहजता वा असहजता कस्तो हुन्छ भन्ने विषय भने आगामी दिनमा देखिनेछ।