१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड News Polar जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल News Polar कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने News Polar विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह News Polar गगनलाई ‘नयाँ दल’ भनेर नहेपेको भए हुन्थ्यो : गोकुल बाँस्कोटा News Polar सुनसरीमा २५ सय ६६ किलो गाँजासहित ट्रक नियन्त्रणमा News Polar कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय

दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी

दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी
अ अ+ अ-

काठमाडाैँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त नुवाकोट–रसुवा सडकखण्डको वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु भएको छ। नेपाली सेनाले आवश्यक सामग्री जुटाएर बुधबारदेखि पुल जडानको काम अघि बढाउने तयारी गरेको हो।

नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री धादिङको बैरेनी र बारामा मौज्दात रहेको स्थानबाट वेत्रावती ल्याउने क्रम जारी छ। सोमबारसम्म सबै सामग्री वेत्रावती पुर्‍याइने र बुधबारदेखि ५५ जनाको सैनिक टोलीले पुल जडान सुरु गर्ने उनले बताए।

सामान्य अवस्थामा बेलीब्रिज जडान गर्न तीन दिन लाग्ने भए पनि पुरानो पुलको संरचना होचो भएकाले त्यसमा थप दुई मिटर उचाइ बढाइएको छ। थपिएको संरचना सुक्न केही समय लाग्ने भएकाले दसैँको फूलपातीसम्म पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सेनानी चौलागाईंले जानकारी दिए।

भोटेकोशीको बाढीले वेत्रावतीमा रहेको पुरानो पुलको संरचना पुरेपछि सोही स्थानमा नयाँ एक्रोब्रिज जडान गर्न लागिएको हो। निर्माण हुने पुल ७४ मिटर लामो र ५.५ मिटर चौडा हुनेछ। यसको भारवहन क्षमता ६० टन रहनेछ।

वेत्रावतीसम्म सडक पहुँच खुलेपछि पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी र निर्माण कार्य अघि बढाउन सहज भएको छ। गल्छी–रसुवागढी सडक योजनाको कार्यालयले सडक पहुँच खुलाएपछि पुल निर्माणले गति लिएको हो। सडक पहुँच खुल्नुअघि नै नेपाली सेनाले वैकल्पिक मार्गबाट वेत्रावती पुगेर स्थलगत अध्ययन तथा पुलको संरचनामा उचाइ थप गर्ने काम सम्पन्न गरेको थियो।

भोटेकोशी बाढीबाट क्षतिग्रस्त आगिटार–वेत्रावती सडकखण्ड पनि शनिबारदेखि सञ्चालनमा आएको छ। दसैँअघि वेत्रावतीमा पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सके नुवाकोटबाट रसुवाको धुञ्चेसम्म सडकमार्फत आवतजावत सहज हुने अपेक्षा गरिएको छ।

पुल सञ्चालनमा आएपछि बाढीका कारण अवरुद्ध नुवाकोट–रसुवा सडक सम्पर्क पुनःस्थापित हुनेछ। सडक सम्पर्क प्रभावित हुँदा बाढीपछि रसुवाको दैनिक जनजीवनमा समेत कठिनाइ हुँदै आएको छ।