१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड News Polar जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल News Polar कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने News Polar विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह News Polar गगनलाई ‘नयाँ दल’ भनेर नहेपेको भए हुन्थ्यो : गोकुल बाँस्कोटा News Polar सुनसरीमा २५ सय ६६ किलो गाँजासहित ट्रक नियन्त्रणमा News Polar कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय

नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल

नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल
अ अ+ अ-

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालमा लगानीका लागि विगतमा भएका प्रतिबद्धता तथा सम्झौतापछि पनि कार्यान्वयनमा जान नसकेका परियोजनालाई नयाँ कानून बनाएर एकद्वार प्रणालीमार्फत अघि बढाइने बताउनुभएको छ ।

नेपाल पूर्वाधार सम्मेलनको तयारीका क्रममा आयोजित ‘लगानी र विकासका लागि कानून सुधार’ विषयक तीनदिने परामर्श कार्यशालामा बोल्दै मन्त्री लम्सालले विगतका लगानी सम्मेलन तथा सम्मेलनबाहेक आन्तरिक र बाह्य लगानीकर्तासँग भएका छलफलबाट आएका लगानी प्रस्तावलाई समेत नयाँ कानूनको दायरामा ल्याएर कार्यान्वयनमा लैजाने तयारी भइरहेको बताउनुभयो ।

उहाँले लगानीकर्ताले परियोजनामा लगानी गर्ने निर्णय गरेपछि सम्झौता हस्ताक्षरदेखि परियोजना कार्यान्वयनमा जान लाग्ने समयसमेत कानूनमै स्पष्ट गरिनुपर्ने बताउनुभयो । सम्बन्धित सबै निकायलाई एकै ठाउँमा राखेर लगानीकर्ताले परियोजना अघि बढाउन कति समय लाग्छ भन्ने स्पष्ट पार्ने व्यवस्था गरिने उहाँको भनाइ थियो ।

मन्त्री लम्सालले नयाँ कानून कार्यान्वयनमा आएपछि पनि कुनै परियोजना अघि बढाउन तीन महिनाभन्दा बढी समय लाग्ने अवस्था रहेमा प्रक्रियामा आवश्यक सुधार गरिने बताउनुभयो ।

लामो समयदेखि पाइपलाइनमा रहेका तथा सम्झौता भइसकेर पनि कार्यान्वयनमा जान नसकेका परियोजनालाई प्राथमिकतामा राखेर अध्ययन गरिने उहाँले बताउनुभयो । कतिपय परियोजनामा सरकारले १२ देखि १४ वर्षअघि नै सम्झौता गरिसकेको र लगानीकर्ताले प्रारम्भिक खर्चसमेत गरिसकेको भए पनि विभिन्न कारणले परियोजना अड्किएको उहाँको भनाइ थियो ।

मन्त्री लम्सालले विगतमा नेपालमा लगानी गरेका लगानीकर्तासँग समेत छुट्टाछुट्टै छलफल गरी उनीहरूले भोगेका समस्या र चुनौती पहिचान गरिने बताउनुभयो । लामो समयदेखि नेपालमा लगानी गरिरहेका लगानीकर्ता लगानीबाट सन्तुष्ट छन् कि छैनन् तथा उनीहरूले कस्ता समस्या सामना गरिरहेका छन् भन्ने विषयमा सरकारले जानकारी लिने उहाँले बताउनुभयो ।

उहाँका अनुसार आगामी दसैँअघि नै लगानीकर्तासँग छलफल तथा समस्या पहिचान गर्ने प्रक्रिया अघि बढाइनेछ । त्यसबाट प्राप्त सुझावका आधारमा लगानीका अवरोध हटाउने र परियोजना कार्यान्वयनलाई सहज बनाउने दिशामा सरकारले काम गर्नेछ ।