१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड News Polar जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल News Polar कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने News Polar विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह News Polar गगनलाई ‘नयाँ दल’ भनेर नहेपेको भए हुन्थ्यो : गोकुल बाँस्कोटा News Polar सुनसरीमा २५ सय ६६ किलो गाँजासहित ट्रक नियन्त्रणमा News Polar कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय News Polar एलपीजी ग्यासबाट हुने आगलागी रोक्न ललितपुरमा नमूना अभ्यास News Polar गगनको राजनीतिक प्रतिवेदन कांग्रेस केन्द्रीय समितिबाट सर्वसम्मत अनुमोदन News Polar लगानीको वातावरण सुधार्न कानुनी र प्रक्रियागत सुधार आवश्यक : मन्त्री गौतम

विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह

विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह
अ अ+ अ-

काठमाडौं, १९ असोज । प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको आपसी समन्वयमा भदौ १० गतेयता विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको बताउनुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको बताउनुभयो।

बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको समेत सहभागिता थियो। मुख्यमन्त्रीहरूलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरी छिटोभन्दा छिटो विपद् व्यवस्थापनको काम सम्पन्न गर्न सरकार सक्रिय रहेको बताउनुभयो।

“हामीले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौँ, त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु,” उहाँले भन्नुभयो।

प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली, गण्डकीलगायत विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययनसँगै त्यसको व्यवस्थापनमा सरकार जुटिरहेको जानकारी दिनुभयो।

विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउने तयारी भइरहेको बताउँदै उहाँले हिमपहिरोको जोखिम न्यूनीकरणका लागि पनि आवश्यक काम अघि बढाइएको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनका क्रममा आफ्नो ज्यानसमेत जोखिममा राखेर निरन्तर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिलगायत सबैप्रति कृतज्ञता व्यक्त गर्नुभयो।