काठमाडाैँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ‘नयाँ दल’ भनेर टिप्पणी गरेकोप्रति कटाक्ष गरेका छन्।
बाँस्कोटाले सोमबार सामाजिक सञ्जालमार्फत कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री शाहले गरेको टिप्पणीलाई लिएर प्रतिक्रिया दिएका हुन्।
उनले लेखेका छन्, ‘एक तिहाई कांग्रेस अनुपस्थित महाधिवेशनको मञ्चमा नयाँ–पुराना दलका मिलन–विछोडका रमाइला आवाज गुञ्जिएका थिए। तर प्रम बालेनले गगनलाई मध्यरातमा नयाँ दल भनेर त्यति सारो नहेपेको भए हुने थियो।’








