१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल News Polar कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने News Polar विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह News Polar गगनलाई ‘नयाँ दल’ भनेर नहेपेको भए हुन्थ्यो : गोकुल बाँस्कोटा News Polar सुनसरीमा २५ सय ६६ किलो गाँजासहित ट्रक नियन्त्रणमा News Polar कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय News Polar एलपीजी ग्यासबाट हुने आगलागी रोक्न ललितपुरमा नमूना अभ्यास News Polar गगनको राजनीतिक प्रतिवेदन कांग्रेस केन्द्रीय समितिबाट सर्वसम्मत अनुमोदन News Polar लगानीको वातावरण सुधार्न कानुनी र प्रक्रियागत सुधार आवश्यक : मन्त्री गौतम News Polar सुधारिएका कानूनहरु प्रभावकारी रुपमा लागू भएमात्रै लगानी बढ्छः ढकाल News Polar आफन्तको संरक्षणमा फर्किए रसुवा बाढीमा आमाबुवा गुमाएका २३ बालबालिका News Polar प्रधान सेनापति अशोक राज सिग्देल बेलायत प्रस्थान News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा News Polar फिर्के खोला अतिक्रमण हटाउने अभियान तीव्र, २६ पक्की संरचनामा चल्यो डोजर

लगानीको वातावरण सुधार्न कानुनी र प्रक्रियागत सुधार आवश्यक : मन्त्री गौतम

लगानीको वातावरण सुधार्न कानुनी र प्रक्रियागत सुधार आवश्यक : मन्त्री गौतम
अ अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपालमा लगानीको वातावरण सुधार गर्न कानुनी तथा प्रक्रियागत सुधार आवश्यक रहेको बताउनुभएको छ।

नेपाल पूर्वाधार सम्मेलनको तयारीअन्तर्गत आयोजित ‘लगानी र विकासका लागि कानून सुधार’ सम्बन्धी तीनदिने कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री गौतमले लगानी भित्र्याउन प्रक्रियागत झन्झट हटाउनुपर्ने बताउनुभएको हो।

उहाँले ‘नेपालमा लगानी गरौँ’ भनेर ठूला कार्यक्रम आयोजना गरे पनि लगानी प्रक्रिया नै बाधक बने लगानीकर्ता आकर्षित हुन नसक्ने बताउनुभयो। लामो समयसम्म सहज वातावरण नपाउँदा स्वदेशी लगानीकर्ता समेत निरुत्साहित हुन सक्ने भन्दै उहाँले लगानी प्रक्रिया सहज, पारदर्शी र सबैका लागि अनुकूल बनाउनुपर्नेमा जोड दिनुभयो।

नेपालको विकासमा निजी क्षेत्रलाई प्रभावकारी रूपमा समेट्ने र लगानीको वातावरण सहज बनाउने विषयमा सरकार स्पष्ट रहेको मन्त्री गौतमको भनाइ थियो।

उहाँले आगामी विकासका लागि आवश्यक पूर्वाधार तय गर्न सरकारले स्पष्ट नीति लिएको उल्लेख गर्दै त्यसको आधारभूत पूर्वाधारका रूपमा कानून निर्माणलाई लिएको बताउनुभयो। कानून मन्त्रालयले चालु वर्षलाई ‘कानून सुधार तथा निर्माण वर्ष’ का रूपमा अघि बढाएको जानकारी दिँदै उहाँले आवश्यक कानून पहिचान गरी संशोधनको काम अघि बढाइएको बताउनुभयो।

मन्त्री गौतमका अनुसार पछिल्लो समय करिब ४६ वटा विधेयक संघीय संसद्मा दर्ता भएका छन्। तीमध्ये केही संसदीय समितिमा पुगेका छन् भने केहीमाथि छलफल भइरहेको छ। सरकारले अध्यादेशमार्फत समेत आवश्यक काम अघि बढाएको उहाँले जानकारी दिनुभयो।

अब केही समय संसद्को अधिवेशन नहुने भएकाले उक्त अवधिलाई आगामी अधिवेशनमा आवश्यक पर्ने कानून निर्माणको आधार तय गर्ने अवसरका रूपमा उपयोग गरिने उहाँले बताउनुभयो।

विभिन्न क्षेत्रबाट पहिचान गरिएका विषयलाई दस्तावेजीकरण गरी त्यसैका आधारमा आगामी दिनमा कानून निर्माण तथा संशोधनको प्रक्रिया अघि बढाइने मन्त्री गौतमले स्पष्ट पार्नुभयो।