काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री शाहले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक विषय तथा सरकारका नियमित प्रशासनिक कामकारबाहीबारे छलफल हुने बताइएको छ।








