काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ।
राष्ट्रपति भवनमा भएको भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन आफू आइतबार प्रस्थान गर्न लागेको जानकारी राष्ट्रपतिलाई गराउनुभएको थियो।
भेटका क्रममा आईपीयू महासभामा नेपालको सहभागिता तथा प्रतिनिधित्वका विषयमा समेत जानकारी गराइएको जनाइएको छ।
सभामुख अर्याल आईपीयूको १५३औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार प्रस्थान गर्ने कार्यक्रम रहेको छ।








