१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह

ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह
अ अ+ अ-
काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले खाना पकाउने एलपीजी ग्यासको आपूर्ति क्रमशः सहज बन्दै गएको दाबी गर्नुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री साहले ग्यासको आपूर्ति प्रणालीमा देखिएका समस्या पहिचान गरी समाधानका लागि सरकारले काम गरिरहेको बताउनुभयो ।

उहाँका अनुसार मन्त्रालयले एलपीजी ग्यासको लोडिङदेखि ढुवानी, भण्डारण, रिफिलिङ, वितरण, डिलर हुँदै उपभोक्ताको भान्सासम्म पुग्ने सम्पूर्ण प्रक्रियालाई एउटै प्रणालीका रूपमा विश्लेषण गरेको छ । आयात, सडक, रिफिलिङ क्षमता, भण्डारण, वितरण, मागको भौगोलिक असन्तुलन, बजार व्यवस्थापन तथा सुरक्षालगायतका पक्षलाई विश्लेषण गरेर समस्या समाधानको काम भइरहेको उहाँले बताउनुभयो ।

मन्त्री साहले ग्यास अभाव समाधानका लागि तत्कालीन, मध्यमकालीन र दीर्घकालीन गरी तीन तहको ऊर्जा सुरक्षा योजना निर्माण भइरहेको जानकारी दिनुभयो । तत्काल नागरिकलाई ग्यास उपलब्ध गराउने विषय सरकारको प्राथमिकतामा रहेको भन्दै उहाँले दीर्घकालीन रूपमा ग्यासको भण्डारण क्षमता विस्तार, बोटलिङ तथा वितरण क्षमता वृद्धि र आपत्कालीन मौज्दातको व्यवस्था गर्न सरोकारवालासँग छलफल भइरहेको बताउनुभयो ।

आफूले पदभार ग्रहण गरेलगत्तै ग्यास आपूर्तिको समस्याको प्राविधिक विश्लेषण गर्न ‘फिसबोन डायाग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गरेको उल्लेख गर्दै उहाँले आपूर्ति प्रणालीको महत्वपूर्ण अवरोधका रूपमा कृष्णभीर पहिरोलाई पहिचान गरिएको बताउनुभयो । सडक खुलाउन दोब्बर जनशक्ति र मेसिनरी परिचालन गरिएको उहाँको भनाइ थियो ।

मन्त्री साहले दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र मूल्य नियन्त्रणलाई पनि सरकारको प्राथमिकतामा राखिएको बताउनुभयो । बजार अनुगमनलाई व्यवसायीलाई आतङ्कित बनाउने माध्यम नभई स्वच्छ प्रतिस्पर्धा र उपभोक्ता अधिकार संरक्षणको साधनका रूपमा अघि बढाइने उहाँले स्पष्ट पार्नुभयो ।

चाडबाडको समयमा बजार अनुगमनमा कडाइ गरिएको भन्दै मन्त्री साहले उपभोक्ता हितविपरीत काम गर्ने व्यवसायीलाई कानूनअनुसार कारबाही गरिने बताउनुभयो ।