१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’

नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल

नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल
अ अ+ अ-

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विद्यमान कानूनमा सुधार गर्दै विकास र लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार केन्द्रित रहेको बताउनुभएको छ ।

शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री लम्सालले कानूनअनुसार राज्यको प्रणाली सञ्चालन हुनुका साथै त्यसको परिणामसमेत देखिने गरी कानूनी सुधार अघि बढाइरहेको बताउनुभयो ।

उहाँले नागरिकमैत्री कानून निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै ऐन देशको ऐना भएकाले जस्तो ऐन निर्माण गरिन्छ, त्यसअनुसार नै राष्ट्रको अवस्था बन्ने धारणा राख्नुभयो ।

मन्त्री लम्सालले सार्वजनिक खरिद ऐन संशोधनका क्रममा सरोकारवाला निकायबाट प्राप्त सुझावको सरकारले अध्ययन गरे पनि कतिपय सुझावले नीतिगत आवश्यकता पूरा नगर्ने भएकाले समेट्न नसकिएको स्पष्ट पार्नुभयो । उहाँले पूर्वाधार निर्माणलाई थप गतिशील र प्रभावकारी बनाउन आवश्यक कानूनी सुधारका विषयमा गोष्ठीबाट महत्वपूर्ण सुझाव प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।

सरकारले विचौलियाले लाभ लिने गरी कानून निर्माण नगर्ने उहाँले स्पष्ट पार्नुभयो । सरकारले सार्वजनिक केन्द्रित नीतिगत परिवर्तन खोजेको भन्दै मन्त्री लम्सालले कानून निर्माणमा व्यापक अध्ययन र सरोकारवालाको सुझावलाई समेट्दै उत्कृष्ट कानूनी व्यवस्था निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले कानून निर्माणका क्रममा ‘गर्न सक्नेछ’ जस्ता अस्पष्ट र वैकल्पिक अर्थ लाग्ने शब्दावली नराखिने पनि स्पष्ट पार्नुभयो । उहाँका अनुसार कानून कार्यान्वयनमा स्पष्टता र परिणाम देखिने गरी आवश्यक सुधार गरिनेछ ।