१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’

जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल

जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल
Oplus_16908288
अ अ+ अ-
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको जलवायु कूटनीतिको विश्वसनीयता र प्रभावकारिता घरेलु तहमा हुने ठोस कार्यान्वयनबाट प्रमाणित हुने बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबारदेखि सुरु भएको ‘काठमाडौं क्लाइमेट विक २०२६’ लाई सम्बोधन गर्दै मन्त्री खनालले जलवायु परिवर्तन अब वातावरणीय विषयमा मात्र सीमित नरही राष्ट्रिय सुरक्षा, आर्थिक विकास र सार्वजनिक वित्तसँग जोडिएको गम्भीर चुनौती बनेको बताउनुभयो ।

उहाँले पछिल्लो समय देखिएका हिमाली विपद् नेपालको विकास यात्रामा संरचनागत बाधक बन्दै गएको उल्लेख गर्नुभयो । विपद्पछिको पुनर्निर्माणमा राज्यको स्रोत निरन्तर खर्च गर्नुपर्ने अवस्थाले शिक्षा, स्वास्थ्य र डिजिटल पूर्वाधारमा समेत असर पुगेको उहाँको भनाइ थियो ।

मन्त्री खनालले वैज्ञानिक तथ्यांकलाई पूर्वसूचना प्रणालीसँग जोड्दै प्राज्ञिक अनुसन्धानको लाभ जोखिममा रहेका समुदायसम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो । विश्वको कुल कार्बन उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु परिवर्तनको ठूलो मूल्य नेपालले चुकाइरहेको उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रिय मञ्चमा ‘जलवायु न्याय’को आवाजलाई थप बुलन्द बनाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले क्षति तथा नोक्सानी कोषलाई प्रक्रियागत झन्झटमुक्त बनाउनुपर्ने र त्यसमा अनुदानको हिस्सा बढाउनुपर्ने माग गर्नुभयो ।

मन्त्री खनालले भन्नुभयो, “हामीले हिजोको जलवायुलाई हेरेर होइन, अबको २०–३० वर्षपछिको कठिन परिस्थितिलाई सामना गर्न सक्ने गरी पूर्वाधार निर्माण गर्नुपर्छ।”

छिमेकी मुलुकसँगको सहकार्यका विषयमा उहाँले सीमापार जोखिम न्यूनीकरणका लागि वास्तविक समयको जलविज्ञान तथा मौसमसम्बन्धी तथ्यांक आदानप्रदान अपरिहार्य रहेको बताउनुभयो ।

मन्त्रालयले हालै ‘जलवायु कूटनीति शाखा’ स्थापना गरी आन्तरिक वास्तविकता र अन्तर्राष्ट्रिय जलवायु वार्ताबीचको दूरी घटाउने प्रयास थालेको पनि उहाँले जानकारी दिनुभयो ।

जलवायु कूटनीति सरकारको मात्र जिम्मेवारी नभएको उल्लेख गर्दै मन्त्री खनालले वैज्ञानिक, स्थानीय तह, निजी क्षेत्र र युवाको सहभागितामा यसलाई अघि बढाउनुपर्ने बताउनुभयो ।