१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिड बराबरीमा रोकियो



अ+ अ-

मड्रिड । स्पेनिस ला लिगाको शनिबार भएको खेलमा रियल मड्रिड बराबरीमा रोकिएको छ। घरेलु मैदानमा भएको खेलमा मड्रिडलाई रियल भाल्लाडोलीडले १–१ को बराबरीमा रोकेको हो।

अन्तिमसम्म गोलरहित भएको खेलमा ८२औं मिनेटमा करिम बेन्जिमाले गोल गरेपछि रियल मड्रिडले १–० को अग्रता बनाएको थियो। त्यो अग्रता ६ मिनेटभन्दा बढी टिक्न सकेन। भाल्लाडोलिडका लागि गुयडिओला नाभारोले ८८औं मिनेटमा गोल गरी खेल बराबरी गरे। रियल मड्रिडले भाल्लाडोलीडलाई खेल अवधिभर दबाबमा राखे पनि गोल गरी खेल आफ्नो पक्षमा भने पार्न सकेन।

दुई खेलबाट ४ अंक बनाए रियल मड्रिड अंक तालिकाको दोस्रो स्थानमा छ। गत दुई सिजन राम्रो प्रदर्शन गर्न नसकेको रियल मड्रिड यस सिजनमा उत्कृष्ट प्रदर्शन गरी उपाधि हात पार्ने दाउमा छ।