१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु

वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम

वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम
अ अ+ अ-

काठमाडाैँ । नेपालका उद्योगमा सौर्य ऊर्जा प्रवर्द्धन र ब्याट्री सञ्चय प्रणालीलाई सुरक्षित, प्रभावकारी र दिगो बनाउने हेतुले त्यससम्बन्धी विषयमा पाँचदिने तालिम सुरु भएको छ ।

तालिममा नेपालमा सौर्य र ब्याट्री सञ्चय प्रणालीको वर्तमान अवस्था, औद्योगिक कार्बन उत्सर्जन कटौती, ऊर्जा व्यवस्थापन, ग्रिड सेवा, ब्याट्री प्रविधि, सुरक्षा मापदण्ड, साइबर सुरक्षा, वातावरणीय तथा सामाजिक सुरक्षाजस्ता महत्वपूर्ण विषयमा सहभागीलाई ज्ञान दिइने छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी)द्वारा सञ्चालित तालिममा ४५ जना इन्जिनियरको सहभागिता छ ।

‘औद्योगिक क्षेत्रका लागि सोलार पिभी तथा ब्याट्री ऊर्जा भण्डारण प्रणालीः डिजाइन, जडान र सुरक्षा’सम्बन्धी उच्चस्तरीय उक्त तालिम प्राक्टिकल एक्सन र घामपावर नेपालको सहकार्यमा भएको हो ।

तालिममा देशभरका निजी क्षेत्र, शैक्षिक तथा अनुसन्धान संस्थान र सम्बन्धित सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि सहभागिता छ । तालिमका अवसरमा सैद्धान्तिक ज्ञानका अतिरिक्त सहभागीलाई वास्तविक औद्योगिक परिदृश्यमा आधारित समूहगत अभ्यास र क्षेत्रीय अवलोकन भ्रमणमार्फत व्यावहारिक अनुभव गराइने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ ।

नेपालले स्वच्छ ऊर्जा विस्तार, सुरक्षा तथा हरित औद्योगिकीकरणलाई प्राथमिकतामा राखेको सन्दर्भमा सौर्य ऊर्जा प्रयोगका माध्यमद्वारा समग्ररुपमा उर्जाको खपत घटाउने तथा विद्युत् आपूर्ति भरपर्दाे तुल्याउने केन्द्रले अपेक्षा गरेको छ ।

जलवायुजन्य विपद्ले ऊर्जा पूर्वाधारको जोखिमलाई रसुवा बाढीले उजागर गरेको सन्दर्भमा केन्द्रले जलविद्युत्मा आधारित उर्जा उत्पादन, प्रसारण तथा वितरण पूर्वाधार नदी प्रणालीसँग जोडिएकाले मनसुनजन्य घटनाको जोखिमको समेत विश्लेषण गरिनुपर्ने आवश्यकता औँल्याएको छ ।

विद्युत् आयोजना बाढी पहिरोको जोखिम रहेको अवस्थामा सौर्य ऊर्जा र ब्याट्री सञ्चय प्रणालीले स्थानीयस्तरमै ऊर्जा उत्पादन र सञ्चय गर्न सकेको खण्डमा जलवायु सहनशीलता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने केन्द्रकी सञ्चालक समिति सदस्य अङ्किता शाहले बताउनुभयो ।

उहाँका अनुसार ऊर्जा उत्पादन र सञ्चय गर्न प्रवर्द्धन कार्यक्रमले हरित रोजगारी सिर्जना गर्न र नयाँ उद्यमशीलताका अवसर खोल्न टेवा पु¥याउनेछ ।
–––