१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकार्यका बिचबाट आज हामी यहाँ आइपुगेका छौँ – ऊर्जामन्त्री भुसाल (भिडियो सहित)



अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकाको समग्र विकासका लागि सबै राजनीतिक दलहरुबीच सहकार्य गरी काम गरेको बताउनुभएको छ । 

शुक्रवार ललितपुर महानगरपालिकाको १०३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले महानगरपालिकाको कला, संस्कृति तथा सम्पदाको विकास र संरक्षण गर्ने र भौतिक पूर्वाधारको विकास गर्ने लगायतका कामहरुमा सबै राजनीतिक दलहरुबिच सहकार्य भइरहेको बताउनुभएको हो । उहाँले महानगरपालिकाको विकासको निम्ति राजनीतिक तहमा कुनैपनि मतभेदहरु नभएको बताउनुभयो ।

राजनीतिक विचार र आस्थालाई आफ्नै ठाउँमा राखेर राजनीतिक दलहरुले आफ्नो ठाउँको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘हामी भिन्न भिन्न विचारको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका प्रतिनिधि भएपनि यो महानगरपालिकाको विकास गर्ने कुरामा चाहे कला, संस्कृति, सम्पदाको विकास र संरक्षण होस्, चाहे जनशक्तिको विकास गर्ने कुरा होस्, भौतिक पूर्वाधारको विकास होस्, पर्यावरणिय हिसाबले स्वच्छताको कुरा होस् । या यहाँको अरु आर्थिक, सामाजिक विकास गर्ने क्षेत्रमा यो कार्यकाल बडो राम्रो सहकार्य भएको छ । हामी विभिन्न पार्टीको प्रतिनिधित्व गर्ने प्रतिनिधि छौँ । तर यो ठाउँको विकास र उन्नतिको निम्ति यसको संरक्षण र उन्नतिको निम्ति हाम्रा कुनैपनि खास मतभेदहरु रहेनन् । र रहनुपनि हुन्न । हामीले हाम्रो ठाउँको विकासलाई पहिलो प्राथमिकतामा राखेर हाम्रा आस्था र विचारलाई आफ्नै ठाउँबाट अघि बढाउनुपर्छ भन्ने मान्यतालाई हामी सबैले आत्मसात् ग¥यौँ । र सहकार्यका बिचबाट आज हामी यहाँ आइपुगेका छौँ ।’

मन्त्री भुसालले ललितपुर महानगरपालिकालाई भौतिक पूर्वाधार, जनशक्ति, स्वच्छ वातावरण लगायतमा विकास गरेर सम्पन्न महानगरपालिका बनाउन सकिने धारणा राख्नुभयो । महानगरको विकास र उन्नतिका निम्ति आफ्नो सदैव साथ रहने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।