११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी

४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी
अ अ+ अ-

काठमाडौं । विश्व पर्यटन दिवस २०२६ का अवसरमा चित्रकला तथा फोटो प्रदर्शनी आयोजना गरिएको छ । बागमती प्रदेश पर्यटन कार्यालयले ४७औँ विश्व पर्यटन दिवसका अवसरमा आज काठमाडौँमा एकदिने चित्रकला तथा फोटो प्रदर्शनी आयोजना गरेको हो ।

प्रदर्शनीमा बागमती प्रदेशको पर्यटकीय, प्राकृतिक, सांस्कृतिक तथा कलात्मक पहिचान झल्किने चित्र तथा तस्बिर समावेश गरिएका छन् । कुल १६ कलाकारका २१ वटा विभिन्न विधाका उत्कृष्ट कलाकृति अवलोकनका लागि राखिएको पर्यटन कार्यालय बागमती प्रदेशका प्रमुख पवनकुमार पोखरेलले जानकारी दिनुभयो ।

प्रदर्शनीमा विशेषगरी बागमती प्रदेशका प्रमुख पर्यटकीय स्थल, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यका साथै नेपालमा प्रचलित विभिन्न परम्परागत तथा आधुनिक कला शैलीलाई प्रस्तुत गरिएको छ ।

प्रदर्शनीमा कलाकार एससी सुमन, केशवराज खनाल, देवेन्द्र थुम्केली, नरबहादुर विक, प्रदीप अधिकारी, शोभा ढकाल, देवासी काफ्ले, प्रकाश मिजार, सञ्जय प्रधान, सिकन्दर चौधरी, बाबुराम पौडेल र नारायण ढुङ्गानालगायत स्रष्टाका कलाकृति राखिएका छन् ।