११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी
अ अ+ अ-

काठमाडौं । अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा अवरुद्ध सडक सञ्चालनलाई प्राथमिकतामा राखी फौज परिचालित गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, चितवन, धनुषा र तनहुँका बाढी प्रभावित क्षेत्रमा रातिदेखि नै फौज परिचालित भएका छन् ।

पर्वतको जलजला गाउँपालिका-८ स्थित फर्सेमा कालीगण्डकी नदी बस्तीमा पसी घरहरू बगाएको खबर प्राप्त भएपश्चात् उक्त स्थानमा फौज खखिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्नतथा सरसामान सार्न सहयोग गरिरहेको सेनाले जनाएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यबिन्दु नगरपालिका-२ भुताहा र सुस्ता गाउँपालिका-५ स्थित सुस्ता इलाकामा डुबानको जोखिम भएकाले सैनिक फौज खट्टिई स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेका छन् ।

पाल्पा माथागढी गाउँपालिका-३ लेन्दीमा पहिरोले पुरेको घरमा खोज तथा उद्धार जारी रहेको निर्देशनालयले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका-१ देवघाटमा र भरतपुर महानगरपालिका-३ बाह्रघरेमा नारायणी नदीको सतह बढेकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा स्तान्तारण गरिएको छ ।

धनुषाको मिथिला नगरपालिका-११, आपगाछी, चुरेमा पहिरोले पुरिएको घरमा खोज तथा उद्धार कार्यका लागि फौज खटिएको सेनाले जनाएको छ । तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवास्थित पृथ्वीराजमार्गमा पहिरो र लेदो आई अवरुद्ध भएको सडकखण्ड काली भञ्जन गणबाट खटिएको फौजले स्थानीय निकायसँगको सहकार्यमा अवरोध हटाई सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ ।