११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली

संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती
अ अ+ अ-

काठमाडौं । वागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतीले संघीयता कार्यान्वयन भएको नौ वर्ष पुग्न लाग्दासमेत तीन तहका सरकारबीचको कार्यशैली र समन्वयमा अपेक्षित सुधार हुन नसकेको बताउनुभएको छ ।

विश्व पर्यटन दिवस–२०२६ को अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री प्रजापतीले उद्योग, पर्यटन तथा यातायात क्षेत्रका काममा संघ, प्रदेश र स्थानीय सरकारबीच द्वन्द्वजस्तो अवस्था देखिएको बताउनुभयो ।

तीन तहका सरकारबीच पर्याप्त समन्वय हुन नसक्दा सेवा प्रवाह तथा पूर्वाधार विकासका काम प्रभावित भइरहेको उहाँको भनाइ छ । संघीय शासन प्रणालीमा सरकारका तीन तहबीच प्रभावकारी समन्वय हुन नसके राज्य सञ्चालनमै कठिनाइ हुने उहाँले बताउनुभयो ।

“संघ, प्रदेश र स्थानीय सरकारबीच पर्याप्त मात्रामा समन्वय हुन सकेको छैन भन्ने आभास हुन्छ । मैले काम गर्दाखेरी उद्योग, पर्यटन र यातायातको क्षेत्रमा कतै संघ सरकारसँग, कतै प्रदेश र कतै स्थानीय सरकारसँग द्वन्द्व भएको जस्तो लाग्छ,” उहाँले भन्नुभयो ।

मन्त्री प्रजापतीले संघीयता लागू भएको नौ वर्ष पुग्न लाग्दा पनि काम गर्ने शैलीमा सुधार हुन नसकेकोप्रति आफूलाई पीडा भएको बताउनुभयो । जिम्मेवारीमा रहेका व्यक्तिहरू राज्य सञ्चालनप्रति गम्भीर र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले वागमती प्रदेशको यातायात क्षेत्रलाई व्यवस्थित बनाउन प्रदेश सरकार क्रियाशील रहेको बताउनुभयो । सवारी चालक अनुमतिपत्र जारी तथा नवीकरण र सवारीसाधनको ब्लुबुक नवीकरण गर्ने सफ्टवेयरमा समस्या देखिँदा सेवाग्राहीले सहज रूपमा सेवा पाउन नसकेको भन्दै त्यसको समाधानका लागि काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

उद्योग तथा पर्यटन क्षेत्रको विकासमा समेत संघीय सरकारसँग पर्याप्त समन्वय हुन नसकेको उहाँले बताउनुभयो । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन तथ्यांकसमेत प्रदेश सरकारसँग नरहेको उहाँले उल्लेख गर्नुभयो ।

कानुनी जटिलता र संघीय सरकारसँगको समन्वय अभावका कारण बाढीबाट मृत्यु भएका पर्यटक तथा व्यवसायीको तथ्यांक संकलन गर्न समस्या भएको उहाँको भनाइ थियो ।
मन्त्री प्रजापतीले पर्यटन क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो ।