११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध

बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध
अ अ+ अ-
काठमाडौं । निरन्तरको वर्षा, हावाहुरी तथा देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण कम्पनीका केही क्षेत्रमा दूरसञ्चार सेवा अवरुद्ध भएको छ ।

कम्पनीले आइतबार जारी गरेको सूचनाअनुसार असोज ८ गतेदेखि निरन्तर भइरहेको वर्षा तथा प्रतिकूल मौसमका कारण यात्रामा कठिनाइ, अप्टिकल फाइबरमा क्षति र विद्युत् आपूर्तिमा अवरोध हुँदा सेवा सञ्चालनमा समस्या देखिएको हो ।

त्यसैगरी हिमपात, वर्षात् तथा बादलका कारण सौर्य प्रणालीबाट सञ्चालित साइटको प्रभावकारिता घट्दा समेत सेवा निरन्तरतामा कठिनाइ उत्पन्न भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्राविधिक रूपमा प्रणालीबाट गर्न सकिने मर्मतसम्भारका काम भइरहेका छन् भने सम्भव भएका स्थानमा सेवा पुनः सञ्चालनका लागि प्राविधिक टोली परिचालन गरिएको छ । मौसममा सुधार आएलगत्तै सम्बन्धित कार्यस्थलमा प्राविधिक टोली खटाउन तयारी अवस्थामा राखिएको कम्पनीले जनाएको छ ।