९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु
अ अ+ अ-

काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा करिब दुई दर्जन प्रकाशन गृहका पुस्तक प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीको शुभारम्भ गर्नुहुँदै प्रतिष्ठानका उपकुलपति अविनाश श्रेष्ठले मानव चेतनाको विकासका लागि प्रदर्शनीले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । यस वर्ष प्रतिष्ठान परिसरमा पुस्तक प्रदर्शनीको तयारी गरिए पनि वर्षाका कारण केही दिन भानुभक्त प्रदर्शनी कक्षमा गरिने र वर्षा रोकिएपछि परिसरमा प्रदर्शनीलाई निरन्तरता दिइने जानकारी पनि उहाँले दिनुभयो । परिसरमा सारेपछि निजी क्षेत्रका प्रकाशन गृहले पनि प्रदर्शनी कक्ष राखेर प्रदर्शनीले निरन्तरता पाउने छ ।

नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान–विज्ञानसम्बन्धी पुस्तकहरूको प्रवर्द्धनका लागि प्रतिष्ठानले आजदेखि असोज १८ गतेसम्म बृहत् प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनीका लागि नेपालका प्रमुख प्रकाशन गृहले आवेदन दिएको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले राससलाई जानकारी दिनुभयो । प्रज्ञाले सरकारी प्रकाशन गृह बाहेकलाई सहभागी गराएर पहिलोपटक पुस्तक प्रदर्शनी गराउन लागेको पनि उहाँले सुनाउनुभयो ।

प्रदर्शनीमा साझा प्रकाशनलगायत सबैजसो सरकारी प्रकाशनका पुस्तकको कक्ष पनि रहने पनि उहाँले सुनाउनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय अभिलेखालयलगायतका सरकार मातहतका प्रकाशन पनि पुस्तक प्रदर्शनीमा राखिएको छ ।

पठन संस्कृतिको विकास तथा पाठक र प्रकाशकबीचको सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले प्रतिष्ठानको आयोजनामा आजदेखि असोज १८ गतेसम्म कमलादीस्थित प्रतिष्ठान परिसरमा बृहत् पुस्तक प्रदर्शनी–२०८३ आयोजना गरिएको हो । यसअघि असोज १२ गतेदेखि २३ गतेसम्म प्रदर्शनी गर्ने भनिएकामा विशेष कारणवश आजदेखि असोज १८ गतेसम्म आयोजना गर्न लागिएको पनि उहाँले बताउनुभयो । प्रदर्शनीमा प्रज्ञा प्रतिष्ठानका प्रकाशनमा ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री गरिएको छ ।

ललितकला प्रज्ञा प्रतिष्ठानका पुस्तकमा भने ५० प्रतिशतसम्म सहुलियतमा बिक्री भइरहेको छ । प्रदर्शनी कक्षमा नेपाली भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन, समाजशास्त्र, बालसाहित्य, लोकसाहित्य तथा अन्य ज्ञानमूलक एवं सिर्जनात्मक विधाका पुस्तकहरू प्राथमिकताका साथ राखिएको छ । प्रत्येक सहभागी प्रकाशन गृह÷संस्थालाई आयोजकले निर्धारण गरेको मापदण्ड तथा उपलब्धताका आधारमा निःशुल्क कक्ष उपलब्ध गराइएको छ । प्रत्येक सहभागी प्रकाशन गृह÷संस्थाले प्रदर्शनीको समयावधिभर कक्ष राख्नुपर्ने नियम बनाइएको छ ।

कक्ष तथा प्रदर्शनीस्थलको व्यवस्थापन, पुस्तकको प्रदर्शन, बिक्री–वितरण, सरसफाइ र सुरक्षासम्बन्धी आवश्यक सम्पूर्ण व्यवस्था सहभागी प्रकाशन गृह/संस्था आफैँले गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । रासस