९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक
अ अ+ अ-

म्याग्दी। स्थानीय प्रशासनले म्याग्दीका मुख्य दुई वटा सडकमा आज देखि चार दिनका लागि रातको समयमा यातायातका साधन सञ्चालनमा रोक लगाएको छ ।

जिल्ला सदरमुकाम बेनीबाट रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम र मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी जोड्ने बेनी-दरवाङ सडकमा यही असोज ११ गतेसम्मका लागि यातायातका साधन सञ्चालनमा रोक लगाइएको हो ।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले भारी वर्षाका कारण हुन सक्ने विपद्को जोखिम र क्षति न्यूनीकरणका लागि दुई वटै सडकमा साँझ ६ः०० देखि भोलिपल्ट बिहान ६ः०० बजेसम्म कुनै पनि यातायातका साधन सञ्चालन गर्न रोक लगाइएको जानकारी दिनुभयो ।

मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दीलाई पनि बिहीबारदेखि आइतबारसम्म भारी वर्षाका कारण जोखिमयुक्त क्षेत्र पहिचान गरेका छन् । बाढी, पहिरो, कटानका कारण सम्भावित क्षतिलाई आकलन गर्दै धवलागिरि गाउँपालिकाले बिहीबार र शुक्रबार विद्यालय बन्द गरेको छ ।

बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले स्थानीय बिदाबाट समायोजन हुने गरी शुक्रबार शैक्षिक संस्था बिदा दिएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार स्थानीय तह, सुरक्षा निकाय र समुदाय स्तरमा सतर्कताका साथै पूर्वतयारी गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।

निर्माण सम्पन्न भएका र निर्माणाधीन जलविद्युत् आयोजनालाई समेत सतर्कता अपनाउन प्रशासनले निर्देशन दिएको छ ।

विपद्को अवस्थामा सडक, विद्युत्, सञ्चारलगायत आधारभूत सुविधामा हुन सक्ने अवरोध हटाउनका लागि बेनी-जोमसोम-कोरला सडक आयोजना, पूर्वाधार विकास कार्यालय, छ वटै स्थानीय तह, विद्युत् प्राधिकरण, नेपाल टेलिकम सहितका सेवा प्रदायक निकाय र उद्योग वाणिज्य सङ्घ, रेडक्रस सोसाइटीलगायत सङ्घसंस्थासँग समन्वय गरिएको प्रजिअ गैरेले बताउनुभयो । रासस