९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट

विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट
अ अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपद् जोखिम कम गर्न प्रदेश सरकारले सबै निकायसँग सहकार्य गरी आवश्यक काम गरिरहेको बताउनुभएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज कैलालीको धनगढीमा आयोजना गरेको ‘विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलन बजेटसम्बन्धी नीतिगत संवाद’ कार्यक्रममा मुख्यमन्त्री भट्टले पछिल्ला विपद्का घटनाबाट पाठ सिक्दै सम्भावित विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि प्रदेश सरकारले आवश्यक सबै पहल गर्ने बताउनुभयो ।

मुख्यमन्त्री भट्टले रसुवाको भोटेकोशीमा गएको बाढीलगायत केही वर्षयता भइरहेका विपद्का घटनाले सम्भावित जोखिमप्रति थप सचेत हुनुपर्ने पाठ सिकाएको उल्लेख गर्दै सोहीअनुसार तयारी आवश्यक रहेको बताउनुभयो । उहाँले सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा अन्य विपद्का कारण पछिल्ला १० वर्षमा मात्रै पाँच हजार १९५ जनाको मृत्यु, ५१७ जना बेपत्ता, १५ हजार ७५१ जना घाइते तथा दुई लाख दुई हजार ५८५ परिवार प्रभावित भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो । त्यस अवधिमा विपद्का कारण रु ३२ अर्बभन्दा बढीको आर्थिक क्षति भएको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री भट्टले विपद् जोखिम न्यूनीकरणका लागि प्रदेश सरकार एक्लैले मात्र प्रयास गरेर सम्भव नहुने भन्दै तीनै तहका सरकार र सरोकार भएका विकास साझेदारलगायत निकायबीचको सहकार्य थप आवश्यक रहेको उल्लेख गर्नुभयो ।

“जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिमको सामना गर्न सबै तह र निकायबीच समन्वय आवश्यक छ । विपद् आउनुअघि नै आवश्यक तयारी, स्रोतसाधनको व्यवस्थापन र उद्धार तथा राहतका संयन्त्रलाई चुस्त बनाउन सबै मिलेर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री भट्टले विपद् व्यवस्थापनलाई राहत र उद्धारमा मात्र सीमित नगरी जोखिम न्यूनीकरण, पूर्वतयारी र दीर्घकालीन अनुकूलनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो ।

उहाँले प्रदेश सरकार चालु आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा रहेकाले जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा आवश्यक कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने प्रतिबद्धता जनाउनुभयो । रासस