९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह

बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह
eQmk'/, * c;f]h . afudtL k|b]zsf d'VodGqL ls/0f yfkfnfO{ cfh lalxaf/ eQmk'/sf] rfFu'gf/fo0f gu/kflnsfn] sfof{nodf cfof]hgf u/]sf] :jfut tyf awfO{ 1fkg sfo{qmddf :jfut ub}{ rfFu'gf/fo0f gu/kflnsfsf pkk|d'v /d]z a'9fyf]sL . tl:j/ M /d]z lu/L, /f;;
अ अ+ अ-

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माणमा सघाउन स्थानीय सरकालाई आग्रह गर्नुभएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा उहाँले बागमती प्रदेश भित्रका र देशभरका स्थानीय तहलाई पुनर्निर्माणमा सघाउन आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, “रसुवाको भोटेकोशी बाढीबाट विद्यालय भवन, स्वास्थ्य संस्था, पुलहरू क्षति भएका छन्, अत्यावश्यक संरचनाहरू छिटो बनाउन पालिकादेखि स्थानीय बासिन्दाले हामीलाई आग्रह गरिरहनुभएको छ, हामीसँग पर्याप्त बजेट छैन, त्यसैले सबै पालिकाले मिलेर सक्ने जति सहयोग गरौँ, पालिकाहरू मिलेर विद्यालय भवन, स्वास्थ्य संस्थादेखि पुल र झोलुङ्गे पुल निर्माणमा सघाउनुहोस् ।”

सङ्घीय सरकारको राहत कोषमा रकम जम्मा भएर बसे पनि अत्यावश्यक संरचनाहरू तत्काल पुनर्निर्माण गर्नुपर्ने अवस्था आएको तर सङ्घीय सरकारबाट प्रक्रिया ढिलो हुने भएकाले पालिकाहरूले आफूले सके जति सहयोग गरेर पुनर्निर्माणमा जुट्न आग्रह गर्नुभयो ।

भक्तपुरलाई स्वास्थ्य, शिक्षा र पर्यटनको हब बनाउने उद्देश्यले आफूले काम गर्न लागेको बताउँदै उहाँले भक्तपुरवासीले कुनै पनि रोगको उपचारका लागि भक्तपुर छाडेर अन्यत्र जानु नपर्ने र स्नातकोत्तरसम्म सबै सङ्कायको भक्तपुरमा अध्ययनअध्यापन गराउन पाउने अवस्था सिर्जना गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री थापामगरले चाँगुनारायणमा धेरै नै सार्वजनिक जग्गा रहेकाले यहाँका वडा नं १ देखि ९ सम्म ल्याण्ड पुलिङको माध्यमबाट छरिएर रहेका सार्वजनिक जग्गालाई एकीकृत गरि औद्योगिक ग्राम, रङ्गशालाजस्ता विकासमा संरचनाहरू निर्माण गर्न प्रदेश सरकार लागेको बताउनुभयो । प्रदेशको १३ वटै जिल्लाको विकास र समृद्धिको अभियान प्रदेश सरकारले सुरु गरिसकेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकीले भोटेकोशी बाढीमा क्षतिग्रस्त संरचना पुनर्निर्माणमा नगरपालिकाले सघाउने बताउँदै नगरपालिकाको थप विकासका लागि प्रदेश सरकारले सहयोग गर्न आग्रह गर्नुभयो । रासस