काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव गरेको छ ।
बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले भण्डारीलाई अध्यक्षपछि दोस्रो वरियतामा रहने गरी सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव गरेको हो ।
सचिवालयले गरेको उक्त प्रस्ताव अब ललितपुरको भनिमण्डलमा जारी एमालेको केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ । केन्द्रीय कमिटीबाट प्रस्ताव अनुमोदन भएपछि भण्डारीलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने प्रक्रिया अघि बढ्नेछ ।
एमालेको सचिवालय बैठकले भण्डारीलाई पार्टीको नेतृत्व संरचनामा अध्यक्षपछिको दोस्रो वरियतामा राख्ने प्रस्ताव गरेको हो ।








