८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर
अ+ अ-

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जर्नलिस्ट फर जस्टिस नेपाल (जेजेएन) र रसियन युनियन अफ जर्नलिस्ट (आरयूजे) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सेप्टेम्बर २३ मा रुसको राजधानी मस्कोमा आयोजित कार्यक्रममा आरयूजेका अध्यक्ष भ्लादिमिर सोलोभ्योभ र जेजेएनका अध्यक्ष टीकाराम खड्काले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो।

समझदारीपत्रमा हस्ताक्षरपछि आरयूजेका अध्यक्ष सोलोभ्योभले दुई संस्थाबीचको सहकार्यले नेपाल र रुसका पत्रकारबीच सहकार्य र अनुभव आदानप्रदानसँगै पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धिमा योगदान पुग्ने बताउनुभयो।

जेजेएनका अध्यक्ष खड्काले समझदारीमार्फत पत्रकारहरूको व्यावसायिक सीप तथा क्षमता विकास, सेमिनार र द्विपक्षीय भ्रमणलाई सहजीकरण गर्नुका साथै पत्रकारिताका विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउने उद्देश्य रहेको बताउनुभयो।

समझदारीअनुसार नेपाल र रुसका पत्रकार तथा दुवै संस्थाका प्रतिनिधिबीच प्रतिनिधिमण्डल आदानप्रदान गरिनेछ। त्यसैगरी व्यावसायिक अनुभव तथा पत्रकारिताका अभ्यास आदानप्रदान, प्रेस भ्रमण, संयुक्त सेमिनार तथा पत्रकार सम्मेलन आयोजना गर्ने र विभिन्न बैठक, कार्यक्रम तथा मञ्चमा आपसी सहभागिता जनाउने विषय समझदारीमा समेटिएको छ।

पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि तालिम तथा व्यावसायिक विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तथा पत्रकारिता अध्यापन गराउने विश्वविद्यालय र शैक्षिक संस्थाबीच सहकार्य तथा आदानप्रदानलाई प्रोत्साहन गर्ने व्यवस्था पनि समझदारीपत्रमा गरिएको छ।

जेजेएनका अनुसार दुई संस्थाबीच समझदारी कायम गराउन काठमाडौंस्थित रुसी दूतावासले आवश्यक समन्वय गरेको थियो। समझदारीपत्रमा हस्ताक्षरका लागि समन्वय तथा सहयोग गरेकोमा जेजेएनले रुसी दूतावासप्रति आभार व्यक्त गरेको छ।