८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ?

आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता

आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र सिंह महताले बिरामीको ज्यान बचाउनुपर्ने आपत्कालीन हवाई उद्धारमा प्रक्रियागत तथा कानूनी जटिलता देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद महताले आफ्नो परिवारकी सदस्यको उपचारका क्रममा सरकारी निकायबाट अपेक्षित सहयोग नपाएको बताउनुभयो । कञ्चनपुरस्थित महाकाली अस्पतालमा भदौ ६ गते भर्ना भएकी भाइबुहारीको शल्यक्रियापछि स्वास्थ्य अवस्था जटिल बनेपछि चिकित्सकले सुविधासम्पन्न अस्पतालमा लैजान सुझाव दिएको उहाँले बताउनुभयो ।

त्यसपछि आपत्कालीन हवाई उद्धारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सम्पर्क गरे पनि जिम्मेवार पदाधिकारीबाट फोन नउठ्ने तथा फोन उठे पनि कानूनी जटिलता देखाएर पन्छिने अवस्था आएको उहाँको भनाइ थियो ।

सभामुखको सहयोगमा केही प्रयास भए पनि अन्ततः निजी क्षेत्रको हेलिकप्टर प्रयोग गरेर बिरामीलाई उद्धार गर्नुपरेको सांसद महताले बताउनुभयो ।

उहाँले राज्यको संयन्त्रमा पहुँच भएको सांसदले समेत आपत्कालीन अवस्थामा यति धेरै समस्या झेल्नुपरेको उल्लेख गर्दै दूरदराजका सर्वसाधारणले कसरी समयमै उपचार पाउने भन्ने प्रश्न गर्नुभयो ।

‘म एक सांसद भएर राज्यको संयन्त्रसम्म पहुँच हुँदा त यति धेरै सास्ती छ भने दूरदराजका सर्वसाधारण नागरिकले कसरी आपत्कालीन उपचार पाउँछन् ?’ उहाँले प्रश्न गर्नुभयो ।

सांसद महताले चिकित्सकको सिफारिसका आधारमा तत्काल हवाई उद्धार गर्न सकिने व्यवस्था लागू गर्न सरकारसँग माग गर्नुभयो । उहाँले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबीच २४ सै घण्टा समन्वय हुने स्थायी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

कानून नागरिकको जीवन रक्षा गर्नका लागि हुनुपर्ने भन्दै उहाँले आपत्कालीन अवस्थामा कानून तथा प्रक्रियागत जटिलता नै जीवन बचाउने काममा अवरोध बन्न नहुने बताउनुभयो ।