८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ?

पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’

पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’
अ+ अ-

काठमाडौं । नेपालमा विकसित न्यून चापीय प्रणालीका कारण आगामी केही दिन भारी वर्षाको सम्भावना बढेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. धनञ्जय रेग्मीले बाढी तथा पहिरोको जोखिमप्रति गम्भीर सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले नागरिकलाई घरमै बस्न आग्रह गर्ने सूचना मात्र पर्याप्त नहुने भन्दै पहिरो जानुअघि देखिने पूर्वसंकेतबारे समेत व्यापक जनचेतना फैलाउनुपर्ने बताउनुभयो ।

सांसद रेग्मीले पहाडी क्षेत्रमा बसोवास गर्ने नागरिकले घर वरपरको भू–धरातलमा देखिने असामान्य परिवर्तनप्रति विशेष निगरानी राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले जमिनमा नयाँ चिरा पर्नु, जमिन धसिनु, रुख वा बिजुलीका खम्बा अस्वाभाविक रूपमा ढल्किनु, घरको जगमा चिरा देखिनु तथा पहिले नभएको स्थानबाट अचानक पानी निस्किनुलाई पहिरोका सम्भावित पूर्वसंकेतका रूपमा लिनुपर्ने बताउनुभयो ।

यस्ता संकेत देखिएमा जोखिमयुक्त घरमा नबसी समयमै सुरक्षित स्थानमा सर्न नागरिकलाई सचेत गराउनुपर्ने उहाँको भनाइ छ । विगतमा रातिको समयमा पहिरोले मानिस सुतिरहेकै अवस्थामा घर पुरिँदा ठूलो मानवीय क्षति भएका घटनालाई स्मरण गर्दै उहाँले विपद् आउनुअघि नै जोखिम पहिचान र सुरक्षित स्थानान्तरणमा जोड दिनुभयो ।

‘सरकारले घर बाहिर ननिस्कन आग्रह गर्नु सकारात्मक छ, तर घर वरपरको जमिन कत्तिको सुरक्षित छ भन्ने कुराको जानकारी जनतालाई दिनु झनै जरुरी छ,’ उहाँले भन्नुभयो ।

सांसद रेग्मीले बाढीको जोखिमलाई मात्र केन्द्रमा राख्ने प्रवृत्तिभन्दा माथि उठेर पहिरोका पूर्वसंकेतबारे पनि प्राथमिकताका साथ सूचना प्रवाह गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले एफएम रेडियो, टेलिभिजन, मोबाइल एप, कलरिङ ब्याकटोन तथा सामाजिक सञ्जालमार्फत पहिरोका पूर्वसंकेतबारे सरल भाषामा व्यापक जनचेतना फैलाउनुपर्ने बताउनुभयो ।

विपद् आएपछि उद्धारमा जुट्नुभन्दा जोखिमको सूचना समयमै नागरिकको घर–घरमा पुर्‍याएर सम्भावित क्षति न्यूनीकरण गर्नु नै प्रभावकारी विपद् व्यवस्थापन हुने उहाँको भनाइ थियो ।