७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ
अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बाढीमा बेपत्ता भएकाहरूको खोजी कार्यलाई निरन्तरता दिँदै प्रभावित नागरिकको जीवनलाई सामान्य अवस्थामा फर्काउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो ।

गत भदौ १० गते आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा आफन्त गुमाएका परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो । विपत्तिको यस घडीमा शोकलाई शक्तिमा बदल्दै नागरिकको भविष्य सुरक्षित बनाउनु सरकारको मुख्य चुनौती रहेको उहाँको भनाइ थियो ।

प्रतिकूल मौसम र भौगोलिक जटिलताका बाबजुद खोज तथा उद्धारमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्वयंसेवकहरूको योगदानको मन्त्री श्रेष्ठले प्रशंसा गर्नुभयो । बाढीपीडितको सहयोगमा स्वदेश तथा विदेशबाट प्राप्त सहयोगप्रति पनि उहाँले आभार व्यक्त गर्नुभयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, “आँखा रसाएका छन् तर आशा मरेको छैन । विपत्तिको यो कठिन घडीमा सरकार नागरिकको साथमा छ । हाम्रो पहिलो दायित्व खोज तथा उद्धारलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिनु, घाइतेहरूको उपचार गर्नु र क्षतिग्रस्त सडक, पुल तथा विद्युतीय संरचनाको पुनर्निर्माण गर्नु हो ।”

प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भएको संवाद तथा विपत्तिको समयमा राजनीतिक दलहरूबीच देखिएको ऐक्यबद्धताले सरकारलाई थप हौसला मिलेको बताउनुभयो ।

जनताको जीवनभन्दा ठूलो अर्को कुनै दायित्व हुन नसक्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण विशेष योजनाका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।