१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टिभ स्मिथको दोहोरो शतकले अस्ट्रेलिया झनै मजुबत



अ+ अ-

काठमाडौँ । स्टिभ स्मिथले दोहोरो शतकले एसेज श्रृङखलाको चौथो टेस्टमा
अस्ट्रेलिया मजुबत स्थितिमा पुगेको छ ।

दोस्रो दिनको खेल सकिदासम्म इग्ल्यान्डले एक विकेट गुमाउँदै २३ रन बनाएको छ । इग्ल्यान्ड अस्ट्रेलियासँग ४ सय ७३ रनले पछि छ । ओल्ड ट्राफोडमा भएको खेलमा स्मीथले २ सय ११ रनको इनिङ खेले ।

उनले खेलमा दुई पटक जीवनदान पाएका थिए । ६५ रन हुँदा जोफ्रा आर्चरले उनको क्याच ड्रप गरे भने १ सय १८ रनमा जाक लिचको नो बलमा आउट भएका थिए । अस्ट्रेलियाले ८ विकेट गुमाएर ४ सय ९७ रनमा पहिलो इनिङ समाप्तिको घोषणा गरे छ ।

एसेजको तीन वटा टेस्टमा शतक प्रहार गर्दै स्मीथले ५ सय ८९ रन बनाइसकेका छन् । घाइते भएको कारण स्मीथले श्रृङखलाको तेस्रो टेस्ट भने खेल्न सकेका थिएनन् ।

पाँच टेस्ट श्रृङखलामा अस्ट्रेलिया र इग्ल्यान्डले एक एक टेस्ट जितेका छन् । एक टेस्ट बराबरी भएको छ ।