१५ भाद्र २०८३, सोमबार
,
Latest
विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता चीन रेडक्रसद्वारा नेपाललाई २ हजार शव राख्ने झोला सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन



अ+ अ-

काठमाडौं । देशका विभिन्न स्थानमा हालै गएको पहिरोमा परी ज्यान गुमाएकाहरूको शान्ति तथा सुगतिको कामना गर्दै स्वयम्भू महाचैत्य परिसरमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ।

अखिल नेपाल भिक्षु संघको आयोजनामा भएको कार्यक्रममा पहिरोमा परी दिवंगत भएकाहरूको आत्माको शान्ति, सुगति तथा कल्याणको कामना गरिएको थियो। साथै घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभ र सुख–शान्तिको कामना गरिएको थियो।

बौद्ध परम्पराअनुसार गरिएको परित्राण पाठ तथा दीप प्रज्ज्वलनमार्फत दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्राकृतिक विपत्तिबाट प्रभावित परिवारजनप्रति समवेदना र सहानुभूति व्यक्त गरिएको थियो ।

कार्यक्रममा प्रज्ज्वलित दीपले दिवंगतहरूको यात्रामा शान्ति र उज्यालो प्रदान गरोस् तथा शोकसन्तप्त परिवारजनलाई दुःख सहन धैर्य र शक्ति मिलोस् भन्ने मंगलमय कामना गरिएको थियो।

संघले घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभसँगै सम्पूर्ण प्राणी जगत्को कल्याण र सुख–शान्तिको कामना गरेको छ।