५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबानसँगको शान्ति सम्झौता रद्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले तालिबानसँगको शान्ति सम्झौता रद्द गरेको बताएका छन्।उनले आइतवार ट्वीट लेख्दै क्याम्प डेभिडमा आफूले तालिबानका वरिष्ठ नेताहरूसँग भेट्ने कार्यक्रम तय गरिएको र अब त्यो रद्द भएको बताएका हुन्।

काबुलमा भएको हमलामा एकजना अमेरिकी सेनाको पनि ज्यान गएको तालिबान समूहले स्विकारेपछि उनले उक्त बैठक स्थगित गरेका हुन्।बिहीवार तालिबानले जिम्मेवारी लिएको कार बमले काबुलमा एक अमेरिकी सेनासहित १२ जनाको ज्यान गएको राष्ट्रपति ट्रम्पले बताए।

उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटो नेतृत्वको मिसनमा सेवा गरिरहेका रोमानियाका एकजना सेना पनि उक्त हमलामा मारिएका थिए। उक्त हमलाले तालिबानसँग अमेरिकाले गर्ने वार्ताले अफगानिस्तानमा दैनिक हुने हिंसा र सर्वसाधारणको मारिने सङ्ख्याको अन्त्य नहुने देखाएको आशङ्का गरिएको छ।

तालिबानसँगका अमेरिकी वार्ताकार जालमाइ खलिलजादले सोमवार तालिबानसँग शान्ति सम्झौता भएको घोषणा गरेका थिए। प्रस्तावित सम्झौता अनुरूप अमेरिकाले २० साताभित्र ५४ सय सैनिक अफगानिस्तानबाट फिर्ता लैजानुपर्ने थियो। यद्यपि खलिलजादले यसको अन्तिम निर्णय ट्रम्पले नै गर्ने बताएका थिए।

अफगानिस्तानमा अहिले १४ हजार अमेरिकी सेना छन्।सन् २००१ मा अमेरिकी आक्रमणपछि अहिले तालिबानले सबैभन्दा धेरै क्षेत्र नियन्त्रणमा लिएका छन्।उनीहरूले अफगान सरकारलाई अमेरिकाको कठपुतली भन्दै उनीहरूसँग वार्ता गर्न अस्वीकार गर्दै आएका छन्।अमेरिका र तालिबानका प्रतिनिधिहरूबीच कतारमा नौ चरणमा शान्ति वार्ता भइसकेको छ।