१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति आयोगको उपाध्यक्षमा डा. झा नियुक्त



अ+ अ-

जनकपुरधाम । प्रदेश नं २ सरकारले प्रदेश नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झालाई नियुक्त गरेको छ । डा. झा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरधाममा अर्थशास्त्र विषयको प्राध्यापक थिए ।

झाको आजै सपथ ग्रहण समेत गराइने मुख्यमन्त्री कर्यालयले जनाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत अर्थशास्त्रको प्राध्यापकबाट केही वर्ष अघि अवकाशग्रहण गरेका डा. झा नेपालको चर्चित अर्थशास्त्रीको रुपमा चिनिन्छन ।

डा. हरिवंशलाई निति आयोगवाट किन हटाइएको प्रदेश सरकारले जानकारी दिएको छैन तर स्रोतका अनुसार समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दूई महिना अघि देखिनै उनलाई हटाउन प्रदेश २ का मुख्यमन्त्रीलाई निर्देशन दिएका थिए ।