२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका केन्द्रीय मन्त्रीले १०० दिने प्रगति विवरण प्रस्तुत गर्ने



अ+ अ-

नयाँ दिल्ली । भारतको केन्द्र सरकारका मन्त्रीहरुले आ–आफ्ना कामको एक सय दिने प्रगति विवरण प्रस्तुत गर्ने भएका छन् । सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी जनताका माझमा गएर केन्द्रीय १७ मन्त्रीले प्रगति विवरण प्रस्तुत गर्ने भएका हुन् ।

उनीहरुले छोटो समयमा गरेका ऐतिहासिक काम र निर्णयहरुलाई पुरस्कृत पनि गरिने अधिकारीहरुले जनाएका छन् । यही सेप्टेम्बर ९ र १० तारिखका दिन भारतका केन्द्रीय मन्त्रीहरुले कार्यभार सम्हालेको सय दिन पुग्न लागेको हो । सय दिन पुगेको दिन सबै मन्त्रीहरुले जम्मु, शिमला, चण्डीगढ, मुम्बई, राँची लगायतका देशका धेरै ठाउँमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।

उनीहरुमध्ये सोमबार सडक यातायात तथा राजमार्ग मन्त्री नीतिन गड्करीले मुम्बईमा पत्रकार सम्मेलन गर्नुहुने भएको छ भने कोलकातामा महिला, बालबालिका विकास मन्त्री स्मृति इरानीले पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् । त्यसैगरी अरु १५ जना मन्त्रीले पनि छुट्टा छुट्टै पत्रकार सम्मेलन मार्फत् आफ्नो प्रगति विवरण सार्वजनिक गर्ने भएका छन् ।

सरकारले बनाएको योजना अनुसार मन्त्रीहरु निर्मला सीतारामले चेन्नेइमा, रामविलास पासवानले पटना, रविशंकर प्रसादले अहमदावाद, हरसिम्रत कौर बादलले चण्डीगढ, थवरचन्द गहलोटले रायपुर, अर्जुन मुन्डाले राँचीमा पत्रकार सम्मेलन गर्ने तय भएको छ ।

त्यसैगरी मुख्तर अब्बास नक्वीले अलाहबाद, प्रल्हाद जोशीले गोआ, गजेन्द्र सिंह शेखवातले जयपुर, रमेश पोख्रियाल निशांकले देहरादुन, जितेन्द्र सिंहले जम्मु, राजकुमार सिंहले हैदरावाद, मनसुख एल माण्डव्यले भुवनेश्वर, अनुराग ठाकुरले शिमला र नरेन्द्र सिंह टोमरले ग्वालिअरमा कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।

उनीहरुले आफ्नो मन्त्रालयले गरेको कामहरुसँगै काश्मिरलाई केन्द्रीय सरकार मातहत ल्याउनेगरी संविधानको धारा ३७० खारेज गरेका जस्ता राष्ट्रिय सुरक्षा, राष्ट्रियताका विषयमा सरकारका कामहरुको प्रचार गर्ने भएका छन् ।

प्रधानमन्त्री मोदी गत मे २३ तारिखमा सार्वजनिक भएको आम निर्वाचनको नतिजा अनुसार दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थियो भने उनले मे ३० का दिन सपथग्रहण गरेका थिए ।