१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगुको नियन्त्रणमा सरकार प्रभावकारी भए लागेन: सांसद डा. संग्रौला



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले डेंगुको प्रकोप नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद संग्रौलाले डेंगुको संक्रमणबाट जनता आक्रान्त भएको भन्दै नियन्त्रणका लागि सरकारसँग माग गरेकी हुन्।

सुरुदेखि नै यसको प्रभावकारी नियन्त्रणमा सरकार लागेको भए देभैभरी यसको प्रभाव भयावह रुपमा फैलिने थिएन भन्दै उनले डेंगुको प्रकोप नियन्त्रण एवं यसबाट संक्रमितलाई छिटोछरितो उपचार प्रदान गर्न सभामुखमार्फत सरकारसँग माग गरिन्।

साउन यता विभिन्न अस्पतालमा भर्ना भएका डेंगु बिमारीको संख्या करिब ३ हजार ५ सय ८० नाघिसकेको छ भने ज्यान गुमाउनेको संख्या ४ पुगेको छ। इडिसिडीको श्रोतका अनुसार श्रावणदेखि यता प्रदेश नं. १ मा ७५२, प्रदेश नं. २ २३, प्रदेश नं. ३ १३४४, गण्डकी प्रदेशमा ६७७, प्रदेश नं. ५ मा १०८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिमप्रदेशमा १२ जनामा डेंगुको संक्रमण पाइएको छ।