१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिड आक्रमणबाट घाइते भएकी मुस्कानको निशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सांसदहरुले एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनको निशुल्क उपचारको व्यवस्था गरी दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


प्रतिनिधिसभाको आइतबारको बैठकमा समय लिएर बोल्दै सांसद नरमाया ढकालले एसिड आक्रमणको घटनाको भत्र्सना गर्दै दोषीलाई नियन्त्रणमा लिई तत्काल कानुनी कारवाही गर्न माग गरिन् । सांसद पार्वता डिसी चौधरी मुस्कान खातुनको सम्पुर्ण उपचार खर्च व्यहोर्दै दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

भदौ २० गते शुक्रबार बिहान विद्यालय जादै गर्दा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो । उनको अहिले काठमाडौंको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

सांसद जुली कुमारी महतोले एसिड आक्रमणका घटना नियन्त्रण गरि महिलाको सुरक्षाका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद पुष्पाकुमारी कर्ण कायस्थले कहिले सम्म बालिकाले असुरक्षित जीवन जीउन बाध्य हुने भन्दै कानुन संसोधन गरेर भएपनि एसिड आक्रमण गर्ने दोषीलाई मृत्यु दण्डको व्यवस्था गर्न माग गरिन् । सांसद पार्वती कुमारी विशुंखे, प्रमिला राई लगायत सांसदहरुले एसिड आक्रमणको घटनाको भत्र्सना गर्दै घटनाका दोषीलाई कडा कारवाही गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।