दैलेख । माउन्टेन एयरको ‘नाइनएन–एएलडी’ हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । सोमबार बिहान हुम्लाबाट सुर्खेतका लागि उडेको हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण गरिएको थियो ।
प्रहरीका अनुसार बिहान ८ बजे खराब मौसमका कारण दैलेख बारुदथानको खुल्ला चौरमा हेलिकप्टर अवतरण गरिएको हो ।
हेलिकप्टरमा चालक दलका तीन जना रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरीको नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए । मौसम सुधार हुने बित्तिकै हेलिकप्टर उड्ने प्रहरीको नायब उपरीक्षक ओलीले बताए।