५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिपिएल टी–२०: सन्दीप दोस्रो बलमै बोल्ड



अ+ अ-

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने आइतबार बार्बाडोस ट्रिडेन्सका लागि खेलेका छन्।

सन्दीपले आइतबार गुयना अमाजोन वारियर्सविरुद्धको खेलमा एक ओभरमा मात्र बलिङ गर्ने मौका पाए। उनले छैटौं ओभरमा बलिङ गर्दा १ चौकासहित ५ रन दिए। उनले चार बल डट फ्याँकेका थिए।

बार्बाडोसका लागि जासन होल्डर, एसले नर्स, रोशोन प्रिमुस र रेमन रेफेरले ४–४ ओभर बलिङ गरेका थिए। खेलमा पहिले ब्याटिङ गरेको गुयनाले ४ विकेटको क्षतिमा १८० रन जोडेको थियो। १८१ रनको लक्ष्य पछ्याएको बार्बाडोस १६.४ ओभरमा १३३ रनमा अलआउट हुँदा ४७ रनले पराजित भयो।

बार्बाडोसका लागि एस्ले नर्सले सबैभन्दा बढी ४० रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। सन्दीप दोस्रो बलमै रोमारियो सेफर्डबाट बोल्ड भएका थिए।