२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौँ : ओली News Polar प्रहरीको पोशाक खरिद अध्ययन उपसमितिले पारित गर्‍यो १९ बुँदे कार्यविधि News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान News Polar मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा भएको अवसरमा रवि लामिछानेद्वारा बधाई News Polar उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित News Polar महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन महाधिवेशनबाट पारित News Polar कांग्रेस महाधिवेशन : कोषाध्यक्ष श्रेष्ठको आर्थिक प्रतिवेदन पारित News Polar मन्त्रिपरिषद्को बैठक जारी News Polar सन् २०३० सम्म मानव रेबिज मृत्यु शून्यमा झार्ने सरकारको लक्ष्य News Polar कांग्रेसको महाधिवेशन ऐतिहासिक, नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे News Polar पाँच घण्टा ढिलो गरी कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु News Polar रसायनशास्त्र तर्फको नोबेल पुरस्कार हेनरी कागान र केन्सो सोईलाई News Polar देवराज चालिसेले लिए उपसभापतिबाट उम्मेदवारी फिर्ता News Polar नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ News Polar ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै

नागको चित्र, गाईको गोबर र दुबोको सुवासमा गुञ्जिएको सनातन आस्था र अष्टनागको महिमा (तस्बिरहरु)

नागको चित्र, गाईको गोबर र दुबोको सुवासमा गुञ्जिएको सनातन आस्था र अष्टनागको महिमा (तस्बिरहरु)
अ अ+ अ-

काठमाडौं । काठमाडौंका पुराना गल्लीहरूमा मगमगाएको धुप–कर्पुर र सालको पातमा बेरिएको हरियो दुबो अनि गाईको गोबरको सुवास । भदौ १ गते परेको नागपञ्चमी पर्वको पूर्वसन्ध्यादेखि नै उपत्यकाका ऐतिहासिक चोक, मन्दिरका पाटी–पौवा र आँखीझ्यालका कापहरू नागका बहुरङ्गी तस्बिरहरूले सजिएका छन् । घरको मूलढोकामा नाग टाँसेर वर्षभरि पारिवारिक सुख, शान्ति र दैवी विपत्तिबाट सुरक्षा माग्ने यो परम्परा केवल कर्मकाण्ड मात्र नभई मानिस र प्रकृतिको अविभाज्य सम्बन्धको सजीव साक्षी हो ।

काठमाडौंका असन, इन्द्रचोक, पाटनको मंगलबजार तथा भक्तपुरका प्राचीन गल्लीहरूमा अहिले उत्सवमय माहोल छाएको छ । काष्ठकलाले कुँदिएका प्राचीन मन्दिरका थाममुनि र राता इँटाका पेटीहरूमा पसलेहरूले नागका रङ्गीविरङ्गी चित्रहरू लहरै सजाएर राखेका छन् । हल्का गुलाबी, पहेँलो र हरियो किनारा भएका यी परम्परागत चित्रहरूमा नागराज, नागिनी, शेषनाग, मयूर, विच्छी, र जलचरहरूको अनुपम चित्राङ्कन देख्न सकिन्छ । हातमा पूजाको थैली बोकेर आएका आमाहरू, युवायुवतीहरू र वृद्धवृद्धाहरू निकै श्रद्धापूर्वक नागका चित्र र पूजा सामग्री छानिरहेका भेटिन्छन् । नाग केवल सर्प होइनन्, उनीहरू जलका मालिक र पातालका राजा हुन् । ढोकामा नाग टाँस्नु भनेको घरलाई प्रकृतिको सुरक्षाकवच पहि¥याउनु हो । नागपञ्चमीको बजारमा केवल कागजका चित्र मात्र होइन, मौलिक प्रकृतिका प्रतिकहरू पनि उत्तिकै आकर्षणका केन्द्र बनेका छन् ।

डोको र डालीहरूमा सालको हरियो पातमाथि राखिएका ताजा गाईको गोबर र हरिया दुबोका मुठाहरू विक्रीका लागि राखिएका छन् । घरको मूलढोकामा नाग टाँस्नका लागि कुनै रासायनिक गम वा आधुनिक टाँस्ने वस्तु प्रयोग गरिँदैन, बरु गाईको पवित्र गोबर र हरियो दुबोलाई नै प्राकृतिक लेपको रूपमा प्रयोग गरिन्छ । गोबरलाई धन र शुद्धताकी देवी लक्ष्मीको प्रतिक मानिन्छ भने दुबोले कहिल्यै नसुक्ने अमरता र वंशवृद्धिको प्रतिनिधित्व गर्दछ । प्रकृतिलाई हानि नपु¥याई, माटो र वनस्पतिको सुगन्धसँग एकाकार भएर मनाइने यो पर्व नेपाली संस्कृतिको पर्यावरणमैत्री दर्शनको उत्कृष्ट उदाहरण हो । शास्त्रअनुसार नागपञ्चमीको दिन बिहान सबेरै स्नान गरी शुद्ध भई घरको मूलढोकामाथि नागको चित्र टाँस्ने शास्त्रीय परम्परा छ ।

चित्र टाँसेपछि त्यसमाथि गाईको शुद्ध दुध, दही, अक्षता, सिन्दूर, लावा (धानको भुटेको फूल) र बेलपत्र अर्पण गरिन्छ । यसो गर्नाले उक्त घरमा चट्याङ (वज्रपात), अग्निभय, सर्पदंश र भूतप्रेतको बाधा कहिल्यै नहुने पुराणमा उल्लेख छ । वैदिक सनातन हिन्दु दर्शनमा अनन्त, वासुकि, शेष, पद्म, महापद्म, तक्षक, कुलीर र कर्कट गरी आठ कुलका नागहरूलाई अष्टनागको रूपमा पुजिन्छ । यी नागहरू पाताल, जलस्रोत, मूल र वनस्पतिमा वास गर्दछन् । कृषिप्रधान समाजमा नागपञ्चमीको वैज्ञानिक महत्व अझ गहिरो छ । बर्खायाममा अन्नबाली नष्ट गर्ने मुसा र अन्य हानिकारक किरा–फट्याङ्ग्रालाई नियन्त्रण गरेर सर्पले किसानको अन्नको रक्षा गर्दछ । त्यसैले किसानले सर्पलाई आफ्नो मित्र मानी कृतज्ञता स्वरूप यो दिन दुध र लावा चढाएर सम्मान गर्ने गर्दछन् ।

जहाँ नागको सम्मान हुन्छ, त्यहाँ जलको कहिल्यै अभाव हुँदैन । नाग भनेकै जलस्रोत र प्रकृतिको संरक्षणको प्रतीक हो । काठमाडौंका पुराना घरहरूका ढोकामाथि हेर्दा अघिल्लो वर्ष टाँसिएको नागको चित्र घामपानीले रङ्ग उडेर, थोरै च्यातिएर अझै टाँसिएको देख्न सकिन्छ । त्यो जीर्ण तस्बिरले बितेका ३ सय ६५ दिनसम्म घरलाई हरप्रकारका संकटबाट जोगाएको जनविश्वास छ । भदौ १ गते, त्यही पुरानो चित्रको ठाउँमा श्रद्धापूर्वक नयाँ रङ्गीन नागको चित्र प्रतिस्थापन गरिन्छ । युगौँदेखि पुस्तान्तरण हुँदै आएको यो जीवन्त परम्पराले हाम्रा भावी पुस्तालाई प्रकृतिको सम्मान र सांस्कृतिक जरासँग जोड्ने काम निरन्तर गरिरहेको छ । नागपञ्चमी कुनै अन्धविश्वास वा औपचारिकता मात्र होइन । यो त मानिस, प्रकृति र सुक्ष्म जीवहरूबीचको सहअस्तित्वको सम्मान हो ।–न्युज एजेन्सी नेपाल