६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीमाथि नर्विचको अभुतपूर्व जित, पुक्कीकाे जादु कायमै



अ+ अ-

लन्डनः इङग्लिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीमाथि नर्विचले अभुतपूर्व जित निकालेको छ ।

शनिबार राति भएको खेलमा घरेलु टिम नर्विचले सिटीलाई ३–२ गोल अन्तरले पराजित गरेकाे हाे । प्रिमियर लिगका हरेक खेलमा नर्विचका लागि गाेल गरेर सनसनी मच्चाइरहेका टेमु पुक्कीले फेरि गाेल गरेका थिए ।

नर्विचका लागि केनी म्याकलिन, टोड क्यान्टवेल र टेमु पुक्कीले गोल गरेका थिए । सिटीका लागि सर्जियो अगुइरो र रोड्रिगोले गोल गरे पनि नर्विचलाइ राेक्न सकेनन् ।