२१ श्रावण २०८३, बिहीबार
,
Latest
कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस विशेष महाधिवेशन विवादमा सर्वोच्चको निस्सापछि विश्वप्रकाश शर्मा: तथ्य र राजनीतिक सत्य थप स्पष्ट हुने विश्वास मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति नियमित पेस गर्न निर्देशन ग्यास अभाव तत्काल समाधान गर्न आयल निगमलाई उद्योगमन्त्री यादवको निर्देशन कन्सुलर प्रमाणीकरणका लागि ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ शुरु, अब अनलाइनबाटै आवेदन दिन सकिने नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो मनसुनजन्य विपद् व्यवस्थापन तथा पूर्वतयारीलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण दुर्गममा लगानी सुरक्षा र विद्युत रोयल्टी बाँडफाँटमा देखिएका समस्या समाधान गर्न सांसद कँडेलको जोड अन्तर्राष्ट्रिय विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको असन्तुष्टि, सुरक्षाकर्मीको व्यवहारमा सुधार गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार सेवाका लागि डा. नवराज जोशीलाई फोकल पर्सन तोक्यो



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई उपलब्ध गराइने निःशुल्क उपचार सेवाको प्रभावकारी कार्यान्वयनका लागि डा. नवराज जोशीलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकेको छ।

मन्त्रालयले ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३)’ बमोजिम विभिन्न अस्पतालसँग आवश्यक समन्वय, सेवा सहजीकरण तथा सूचना आदान–प्रदानलाई व्यवस्थित बनाउन डा. जोशीलाई फोकल पर्सनको जिम्मेवारी दिएको जनाएको छ।

मन्त्रालयका अनुसार उपचारसम्बन्धी समन्वय, सेवा सहजीकरण तथा आवश्यक सूचना आदान–प्रदानका लागि अस्पताल तथा सम्बन्धित निकायले ९८५१४६००३७ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

यस व्यवस्थामार्फत सेवा प्रवाहसँग सम्बन्धित समन्वय, सूचना आदान–प्रदान तथा उपचार सहजीकरणको कार्य एकीकृत रूपमा सञ्चालन हुने मन्त्रालयको विश्वास छ।

मन्त्रालयले यो व्यवस्थाले लक्षित वर्गका नागरिकलाई उपलब्ध गराइने १० प्रतिशत निःशुल्क शैय्या सेवा तथा विपन्न नागरिक उपचार सहायता कार्यक्रमलाई अझ प्रभावकारी, व्यवस्थित र सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ।