६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

ग्यास अभाव तत्काल समाधान गर्न आयल निगमलाई उद्योगमन्त्री यादवको निर्देशन

ग्यास अभाव तत्काल समाधान गर्न आयल निगमलाई उद्योगमन्त्री यादवको निर्देशन
अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक नागेन्द्र शाहलाई देशभर देखिएको एलपी ग्यास अभाव तत्काल समाधान हुने गरी प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनुभएको छ।

आज मात्रै सपथ ग्रहण गरी पदबहाली गर्नुभएका कार्यकारी निर्देशक शाहसँग मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री यादवले उपभोक्ताले ग्यास अभावका कारण कुनै पनि सास्ती भोग्न नपर्ने वातावरण सुनिश्चित गर्न आवश्यक सबै कदम चाल्न निर्देशन दिनुभएको हो। उहाँले ग्यास आपूर्ति व्यवस्थालाई नियमित, सहज र प्रभावकारी बनाउन नेपाल आयल निगमले उच्च प्राथमिकताका साथ काम गर्नुपर्ने बताउनुभयो।

मन्त्री यादवले दैलेखमा रहेको प्राकृतिक ग्यासको स्रोतको शीघ्र उत्खनन गरी व्यावसायिक उत्पादन तथा बजारीकरणको प्रक्रिया अघि बढाउन पनि निर्देशन दिनुभयो। स्वदेशी ऊर्जा स्रोतको अधिकतम उपयोगमार्फत ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने सरकारको लक्ष्य पूरा गर्न दैलेखको प्राकृतिक ग्यास परियोजनालाई तीव्र गतिमा अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।

उहाँले नवनियुक्त कार्यकारी निर्देशक शाहलाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल आयल निगमभित्र सुशासन सुदृढ गर्न, संस्थागत पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्न तथा निगमप्रति जनविश्वास बढ्ने गरी परिणाममुखी कार्यसम्पादन गर्न पनि निर्देशन दिनुभयो।

मन्त्री यादवले उपभोक्तामैत्री सेवा, सुशासन र स्वदेशी ऊर्जा स्रोतको अधिकतम उपयोग सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै सोहीअनुसार परिणाम देखिने गरी काम गर्न निगमलाई आग्रह गर्नुभयो।

यसैबीच, कार्यभार सम्हाल्नुभएका कार्यकारी निर्देशक नागेन्द्र शाहले मन्त्रालयबाट प्राप्त निर्देशनलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्दै ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउने, संस्थागत सुशासन सुदृढ गर्ने तथा उपभोक्ताको विश्वास कायम राख्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।