काठमाडाैँ । धुलिखेल नगरपालिका र जनवादी गणतन्त्र चीनको सिजाङ स्थित अली प्रिफेक्चरबीच भगिनी सहर सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले विशेष अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा दुवै पक्षबीच पर्यटन, व्यापार, लगानी, शिक्षा, संस्कृति, स्वस्थ सहर, दिगो विकास तथा जलवायु कार्य लगायत साझा चासोका विषयमा अनुभव आदानप्रदान गरिएको थियो। साथै भावी सहकार्यका सम्भावना र साझेदारी विस्तारका विषयमा सकारात्मक तथा फलदायी छलफल भएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार उक्त भ्रमणले धुलिखेल नगरपालिका र अली प्रिफेक्चरबीचको मित्रता, आपसी विश्वास, सांस्कृतिक सम्बन्ध तथा दीर्घकालीन विकास साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा धुलिखेल नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, होटल एसोसिएसन नेपाल–धुलिखेल, धुलिखेल उद्योग वाणिज्य संघ तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
धुलिखेल नगरपालिकाले अन्तर्राष्ट्रिय सम्बन्धलाई थप प्रभावकारी बनाउँदै समृद्ध, दिगो र विश्वसँग जोडिएको नगर निर्माणका लागि यस्ता सहकार्यलाई निरन्तर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
न्यूजपोलार
२१ श्रावण २०८३, बिहीबार १५:३९
न्यूजपोलार
२१ श्रावण २०८३, बिहीबार १५:३९
२१ श्रावण २०८३, बिहीबार १५:३९









