१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले कुवेतसँग बराबरी खेल्यो



अ+ अ-

काठमाडौँ । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ । जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तरराष्ट्रिय रङ्गशालामा सोमबार राति भएको खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको हो । नेपलाका लागि दिपेश राईले गोल गरे ।

उनले खेलको ७४औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यस्तै कुवेतका अब्दुलवाहब अलहिन्दिले खेलको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई खेलमा एक अङ्क जोडेको छ । यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७–० ले पराजित भएको थियो ।

कुवेतले दुई खेलमा तीन अङ्क जोडेको छ । पहिलो खेलमा कुवेतले श्रीलङ्कालाई हराएको थियो । अब नेपालले तेस्रो खेल असोज ३ गते ताजकिस्तानसँग खेल्नेछ । प्रतियोगितामा विभिन्न ४८ राष्ट्रले भाग लिएका छन् ।

जसलाई ११ समूहमा विभाजन गरिएको छ । समूहमा शीर्ष हुने टोली सन् २०२० मा आयोजना हुने एएफसी च्याम्पियनसिपका लागि छनोट हुनेछ । त्यस्तै उत्कृष्ट चार उपविजेताले पनि अन्तिम प्रतियोगिताका लागि अवसर पाउनेछ ।