६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाका कारण चार दिन पछि सारियो भलिबल फाइनल



अ+ अ-

काठमाडौँ । पहिलो संस्करणको प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप –२०७६ अन्तर्गत राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको अन्तिम चरणको खेल शनिबार हुने भएको छ । वर्षाका कारण लगातार स्थगित भएको खेल आज हुने भनिए पनि वर्षाकै कारण फेरि असोज ४ गते शनिबारसम्मका लागि स्थगित गरिएको आयोजकले जनाएको छ ।

प्रगतिशील युवा नेपालको आयोजनामा भएको उक्त प्रतियोगितामा उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । पुलिसले सशस्त्र प्रहरी बल ९एपिएफ० क्लबलाई र आर्मीले गण्डकी प्रदेशलाई पराजित गर्दै अन्तिम चरणमा पुगेका थिए । हिजो वर्षाले खेल स्थगित हुनुअघि दुवै टोलीले एक एक खेल जितेका थिए । खेलमा पहिलो खेलमा आर्मीले २५–२३ ले जितेको थियो भने दोस्रो खेल पुलिसले २५–२० ले जितेको थियो । अन्तिमचरणको प्रतिस्पर्धा चलिरहँदा निरन्तर वर्षा भएपछि आजसम्मका लागि खेल स्थगित गरिएकामा आज पनि निरन्तर वर्षा भएकाले शनिबार गर्ने गरी स्थगित गरिएको हो ।

उक्त प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको छ । हिजो भएको खेलमा गण्डकी प्रदेशले विभागीय टोली एपिएफलाई ३–२ अन्तरले पराजित गर्दै तेस्रो भएको थियो । तेस्रो स्थान हासिल गरेसँगै गण्डकीले रु एक लाख प्राप्त गर्यो भने चौथो स्थान हासिल गरेको एपिएफले रु ५० हजार पायो । त्यस्तै उक्त प्रतियोगिताको बिजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछ । अन्तिमचरणको खेल नयाँ बसपार्कथित ढोरपाटन स्पोर्ट्स क्लबको मैदानमा हुनेछ ।