७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

काबुलमा प्रहरीसँगको मुठभेडमा सात सशस्त्र लुटेरा मारिए

काबुलमा प्रहरीसँगको मुठभेडमा सात सशस्त्र लुटेरा मारिए
अ+ अ-

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा प्रहरीसँगको दोहोरो भिडन्तमा सातजना सशस्त्र लुटेरा मारिएका छन् ।

काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले आईतवार बिहान सामाजिक सञ्जाल एक्समार्फत एक विज्ञप्ति जारी गर्दै शनिवार राति भएको मुठभेडमा ती लुटेराहरू मारिएको पुष्टि गरेका हुन् ।

प्रवक्ता जद्रानकाअनुसार काबुलको प्रहरी जिल्ला ८ मा शनिवार राति करिब ९ बजे प्रहरी र सशस्त्र समूहबीच गोली हानाहान भएको थियो ।

प्रहरीको जवाफी कारबाहीमा सातजना संदिग्ध लुटेराको मृत्यु भएको र घटनास्थलबाट एउटा कारसहित केही हातहतियार तथा खरखजाना समेत बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त भिडन्तमा एकजना सुरक्षाकर्मी घाइते भएको आधिकारिक जानकारी दिइएको छ । यद्यपि घाइतेको अवस्था र घटनाको थप विवरण भने सार्वजनिक गरिएको छैन । सिन्ह्वा/न्युज एजेन्सी नेपाल