७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

प्रदेशका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त

प्रदेशका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त
अ+ अ-

चितवन। बागमती प्रदेशका उपत्यकाबाहेकका १० जिल्लाका ९१ स्थान  दुर्घटनाका हिसाबले जोखिमयुक्त रहेका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनले सार्वजनिक गरेको त्रिवर्षीय तथ्याङ्कअनुसार बागमती प्रदेशमा सवारी दुर्घटना गम्भीर सुरक्षा चुनौतीका रूपमा देखिएको हो ।

भौगोलिक हिसाबले चितवन, धादिङ र मकवानपुर जिल्ला दुर्घटनाका लागि अत्यधिक संवेदनशील मानिएका छन् । प्रदेशभर रहेका ९१ वटा जोखिमयुक्त ‘ब्ल्याक स्पट’ मध्ये चितवनमा १७, धादिङमा १६, सिन्धुलीमा १४ र मकवानपुरमा १२ वटा रहेका छन् । काभ्रेपलाञ्चोकमा ११, नुवाकोट आठ, रसुवा र रामेछापमा चार÷चार, सिन्धुपाल्चोकमा तीन र दोलखामा दुई वटा स्थान जोखिमयुक्त रहेका कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी पाँच जनाभन्दा बढीको मृत्यु भएको स्थानलाई जोखिमयुक्त स्थानका रूपमा लिइएको हो । विगत तीन आर्थिक वर्षमा भएका पाँच हजार ८७२ सवारी दुर्घटनामा परी ९५९ जनाले ज्यान गुमाएका छन् भने ११ हजार ६९९ जना घाइते भएका छन् ।

आव २०८०÷८१ मा ३१५, आव २०८१÷८२ मा ३०४ र आव २०८२÷८३ मा ३४० जनाको ज्यान गएको छ । गत आवमा मात्रै भएका एक हजार ९२४ दुर्घटनामध्ये एक हजार ११४ राजमार्गमा, ५३९ ग्रामीण र २७१ वटा सहरी क्षेत्रमा भएका उहाँको भनाइ छ । दिउँसो १२ः०० बजेदेखि बेलुका ६ः०० बजेको समय दुर्घटनाका दृष्टिले सबैभन्दा बढी जोखिमयुक्त देखिएको उहाँले जानकारी दिनुभयो ।

प्रदेशका १० जिल्लाको १४ हजार ४५६ किलोमिटरभन्दा बढी सडकसञ्जाल र एक लाख ७३ हजारभन्दा बढी सवारीसाधन व्यवस्थापनका लागि ३३२ जना ट्राफिक प्रहरी कार्यरत रहेका प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक जना ट्राफिक प्रहरीले औसत ४३ दशमलव ५५ किमी सडक र ५५२ वटा सवारीसाधनको निगरानी गर्नुपर्ने बाध्यता छ ।

सीमित जनशक्तिका बाबजुद ट्राफिक नियम पालनामा कडाइ गर्दै गत वर्ष ९० हजार ९८३ सवारीलाई कारबाही गरी रु नौ करोड तीन लाखभन्दा बढी राजस्व सङ्कलन गरिएको छ ।

दुर्घटना न्यूनीकरणका लागि स्पीड गन, एएनपीआर क्यामेरा, डिजिटल ईचलान र ‘ट्रान्सपोर्ट कम्युनिकेसन एप’जस्ता प्रविधिको प्रयोग बढाउनुका साथै २६ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । रासस