६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: पीएसजीसंग रियल मड्रिड पराजित



अ+ अ-

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्पेनिस क्लब रियल मड्रिडलाई च्याम्पियन्स लिगमा सहज रुपमा पराजित गरेको छ । समूह ‘ए’ मा बुधबार राति भएको खेलमा घरेलु टोली पीएसजीले रियल मड्रिडलाई ३–० को भारी गोलअन्तरले पराजित गरेको हो । पीएसजीले रियल मड्रिडलाई हारको स्वाद नराम्रो गरी चखाएको हो ।

पीएसजीलाई जित दिलाउन डि मारियाले दुई गोल गरेका थिए भने थोमस म्यानियरले एक गोल गरेर जित हात पारेको थियो । खेलको १४औं र ३३औं मिनेटमा डि मारियाले गोल गर्दै पीएसजीलाई २–० गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफसम्म २–० गोलअन्तरले अघि बढेको पीएसजीका लागी दोस्रो हाफमा थोमस म्यानियरको थप एक गोलले खेललाई अन्त्य गरेको थियो । थोमस म्यानियरले खेलको अतिरिक्त समयमा गोल गरेका थिए ।