७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

प्रतिनिधि सभाको शुन्य समयः सुनसरी घटना, सीमा सुरक्षा र सरकारको कार्यशैलीप्रति सांसदहरूको ध्यानाकर्षण

प्रतिनिधि सभाको शुन्य समयः सुनसरी घटना, सीमा सुरक्षा र सरकारको कार्यशैलीप्रति सांसदहरूको ध्यानाकर्षण
अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभाको बिहीवारको बैठकको ‘शुन्य समय’ मा सांसदहरूले मुलुकको पछिल्लो सुरक्षा अवस्था, धार्मिक सद्भाव, दैवीप्रकोप र सरकारको कार्यशैलीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बैठकमा बोल्दै सांसद अप्सना बानुले सुनसरी लगायतका क्षेत्रमा पछिल्लो समय भएका हिन्दु र मुस्लिम समुदायबीचको झडपप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले समाजमा शान्ति कायम गर्न गोली प्रहार गर्ने कार्य समाधान नभएको उल्लेख गर्दै प्रशासनलाई सामाजिक चेतना र संयमता अपनाउन आग्रह गर्नुभयो । सांसद अम्बिकादेवी संग्रौलाले प्रधानमन्त्रीले जेठ १७ गते दिएको अभिव्यक्ति सच्याउन माग गर्नुभयो ।साथै, सुनसरीको देवानगन्ज र कप्तानगञ्जमा भएको धार्मिक द्वन्द्वलाई संवाद र सहकार्यका माध्यमबाट समाधान गर्न उहाँले जोड दिनुभयो ।

सांसद आशिका तामाङले प्रहरी महानिरीक्षकले शरणार्थीका विषयमा दिनुभएको अभिव्यक्ति र सुनसरी घटनाको सम्बन्धबारे प्रश्न उठाउनु भयो । उहाँले नेपालको सीमा क्षेत्रलाई सुरक्षित बनाउन पर्खाल वा काँडेतार लगाएर सुरक्षा निकाय परिचालन गर्न माग गर्नुभयो ।

सांसद इन्दिरा राना मगरले सुनसरी घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सीमा क्षेत्रमा शिक्षा र स्वास्थ्यको अभाव रहेकोतर्फ पनि ध्यानाकर्षण गराउनु भयो ।

संसदीय प्रक्रिया र सरकारको उपस्थितिबारे बोल्दै सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्री संसद्मा कम उपस्थित भएको र संसदको उपेक्षा गरिएको आरोप लगाउनु भयो । उहाँले मुलुकमा बढ्दो आत्महत्या, महँगी र आर्थिक मन्दी जस्ता गम्भीर विषयमा सरकार संवेदनशील नदेखिएको टिप्पणी गर्नुभयो ।

प्राकृतिक प्रकोपका विषयमा बोल्दै सांसद डा.अर्जुनकुमार कार्कीले हालैको वर्षा र पहिरोका कारण संखुवासभाको सिलिचोङ र धर्मदेवी नगरपालिकाका विद्यालयहरूमा भएको क्षतिबारे जानकारी गराउनु भयो । उहाँले क्षतिग्रस्त विद्यालयहरूको तत्काल पुनर्निर्माण, स्थानान्तरण र विद्यार्थीका लागि शैक्षिक सामग्रीको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद एलिजा गुरुङले गोरखाका दुर्गम क्षेत्रहरू धार्चे र चुमनुब्री गाउँपालिकाको विकासका लागि ती क्षेत्रलाई राजनीतिक अग्राधिकारसहितको स्वायत्त क्षेत्र घोषणा गर्न सरकारसँग अनुरोध गर्नुभयो । बैठकमा सांसदहरूले जनजीविकासँग जोडिएका विविध मुद्दाहरूमा सरकारको सक्रियता र जवाफदेहिताको माग गरेका छन् ।