१३ श्रावण २०८३, बुधबार
,
Latest
अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित दैनिक एक हजार ५०० ई–राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ, ४८ करोड कर्जा प्रकरणमा अनुसन्धान



अ+ अ-

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सीबीओ) रश्मी पन्तलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको भनिएको अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा बुधबार उनलाई नियन्त्रणमा लिएको हो।

सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको ४८ करोड रुपैयाँ कर्जामा अनियमितता भएको आशंकापछि पन्तमाथि अनुसन्धान अघि बढाइएको हो। पक्राउपछि उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

उक्त कर्जा प्रकरणमा एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मा पौडेल यसअघि नै सीआईबीको हिरासतमा रहेका छन्। सोही घटनासँग सम्बन्धित थप प्रमाण र कर्जा स्वीकृति प्रक्रियाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले २०८३ असारमा गरेको विशेष स्थलगत निरीक्षणका क्रममा कर्जा प्रवाह प्रक्रियामा अनियमितता देखिएपछि यस विषयमा अनुसन्धान सुरु भएको स्रोतले जनाएको छ। अनुसन्धान जारी रहेकाले घटनामा संलग्न अन्य व्यक्ति वा पक्षबारे पनि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने सीआईबीले जनाएको छ।




न्यूजपोलारबाट थप समाचार