१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने

हिमालय एअरलाइन्सद्वारा उमेरमैत्री हवाई यात्रासम्बन्धी संवाद

हिमालय एअरलाइन्सद्वारा उमेरमैत्री हवाई यात्रासम्बन्धी संवाद
अ अ+ अ-

काठमाडौँ: हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय (OHCHR) तथा International Aviation Innovation Organization (IAIO–NARDO) को विशिष्ट प्रतिनिधिमण्डललाई उमेरमैत्री हवाई यात्रासम्बन्धी संवादका लागि २४ जुलाई २०२६ मा प्रधान कार्यालयमा स्वागत गरेको छ।

प्रतिनिधिमण्डलमा OHCHR अन्तर्गत ज्येष्ठ नागरिक अधिकार शाखाकी प्रमुख डा. चित्रलेखा मास्सी, IAIO–NARDO का UNOG तथा युरोपेली संघसम्बन्धी निर्देशक  चाइ शुआई तथा संयुक्त राष्ट्रसंघ सचिवालयअन्तर्गत ज्येष्ठ नागरिक अधिकारसम्बन्धी अधिकृत श्री चेन केजियान सहभागी हुनुहुन्थ्यो।

छलफलका क्रममा ज्येष्ठ यात्रुहरूलाई यात्रा गर्दा पर्न सक्ने कठिनाईहरू हटाउने र उनीहरूलाई कसरी थप सहज सेवा दिन सकिन्छ भन्नेबारे विचार आदान-प्रदान भयो। हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि हाल गर्दै आएका काम र आगामी योजनाबारे जानकारी गराएको थियो। उक्त अन्तरक्रियामा ज्येष्ठ यात्रुहरूको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्दै हवाई यात्रालाई थप सहज, पहुँचयोग्य तथा समावेशी बनाउन अवलम्बन गर्न सकिने उपायहरूबारे समेत छलफल भएको थियो।

सो अवसरमा राष्ट्रसंघकी प्रतिनिधि डा. चित्रलेखा मास्सीले ज्येष्ठ नागरिकका अधिकार र विश्वभर अपनाइएका अभ्यासहरूबारे चर्चा गर्नुभयो। उहाँले उमेरमैत्री तथा समावेशी अभ्यासहरूको प्रवर्द्धनका लागि निरन्तर ज्ञान आदान–प्रदान र सहकार्य आवश्यक रहेको बताउनुभयो। साथै, हवाई उड्डयन क्षेत्रमा समावेशी सेवासम्बन्धी सचेतना र बुझाइ अभिवृद्धि गर्न प्रतिनिधिमण्डलले आफ्नो ज्ञान, अनुभव तथा विशेषज्ञता उपलब्ध गराउँदै सहकार्य गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

उक्त अन्तरक्रियाले दुवै पक्षलाई आफ्ना अनुभव तथा दृष्टिकोण आदान-प्रदान गर्ने अवसरका साथै मानव अधिकारमा आधारित, उमेरमैत्री तथा पहुँचयोग्य अभ्यासहरूले ज्येष्ठ यात्रुहरूलाई थप सम्मान, आत्मविश्वास र स्वतन्त्रताका साथ यात्रा गर्न सक्ने वातावरण निर्माणमा पुर्‍याउने योगदानबारे छलफल गर्ने अवसर प्रदान गरेको थियो।

प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै हिमालय एअरलाइन्सका उपाध्यक्ष–प्रशासन श्री विजय श्रेष्ठले भन्नुभयो “हिमालय एयरलाइन्समा हामी उमेरको आधारमा कसैलाई पनि भेदभाव नगरी हरेक यात्रुले सम्मानजनक, सहज र मर्यादित यात्रा अनुभव गर्न पाउनुपर्छ भन्ने मान्यता राख्छौँ। ज्येष्ठ नागरिकका आवश्यकताअनुरूप उड्डयन क्षेत्रलाई थप समावेशी, पहुँचयोग्य र उत्तरदायी बनाउने विषयमा प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलसंग संवाद गर्न पाउनु हाम्रा लागि गौरवको विषय हो। यस अन्तरक्रियाबाट प्राप्त अनुभवले सबैका लागि सहज हवाई यात्रा सुनिश्चित गर्ने हाम्रो साझा प्रयासमा ठूलो योगदान पुर्‍याउनेछ।”

हिमालय एअरलाइन्सले विशिष्ट प्रतिनिधिमण्डलसँग भएको यस महत्त्वपूर्ण अन्तरक्रियालाई उच्च प्राथमिकता दिएको छ। वायुसेवाले हवाई यात्रालाई थप समावेशी, पहुँचयोग्य, यात्रुकेन्द्रित तथा सम्मानजनक बनाउन निरन्तर सिकाइ, ज्ञान आदान–प्रदान र सहकार्यप्रतिको आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ।